
काठमाडौ, १ फागुन । विगतमा केन्द्रीय स्तरमा मात्र मनाइने खाद्य स्वच्छता दिवस यस वर्ष देशभरनै मनाइने भएको छ । ‘स्वच्छ र पोषिलो खाना ः स्वस्थ्य जीवन हाम्रो चाहना’ भन्ने नाराका साथ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नवौं खाद्य स्वच्छता दिवस मनाउन लागेको हो ।
दिवस फागुन महिनाभर मनाइने विभागले जनाएइको छ । विभाग र अन्तरगतका क्षेत्रीय कार्यालय, स्याउ प्रशोधन केन्द्र, खाद्य क्वारेन्टाईन प्रयोगशाला तथा जिल्ला खाद्य निरीक्षण ईकाइहरूबाट समेत स्थानीयस्तरमै यो कार्यक्रम गरिने तय गरिएकोे छ ।
खाद्य गुणस्तर कायम गर्न मुख्य सरोकारबाला निकायहरूको सहकार्यमा हरेक वर्ष राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइँदै आइएको छ ।
खाद्य स्वच्छता तथा गुणस्तरको महत्वलाई थप उजागर गरी खाद्य पदार्थ र पानीबाट मानव स्वास्थ्यमा पर्ने नकारात्मक असरलाई कम गर्नुका साथै खाद्य व्यापारको सहजीकरणबाट राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पु¥याउने उद्देश्यले दिवस मनाउन लागिएको हो । दिवस सफल पार्न सबैसंग आग्रह समेत गरिएको छ ।












प्रतिक्रिया