१९ कार्तिक २०८३, बिहिबार

बाजुरामा ग्राभिटी रोपवे सञ्चालन, ढुवानीमा सहज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बाजुरा, १ फागुन । बडिमालिका नगरपालिका–५ तिपाडा र ६ मना जोड्ने गरी ग्राभिटी रोपवे सञ्चालनमा आएको छ । स्थानीय स्तरमा उत्पादन हुने कृषिजन्य बस्तुको ढुवानीमा सहजता ल्याई कृषिजन्य बस्तुको उत्पादनमा बढावा दिन रोपवे सञ्चालनमा आएको हो ।

रोपवेको पूर्व उद्योग मन्त्री कर्णबहादुर थापाले उद्घाटन गरेका छन् । अब मनाका २४० परिवारलाई बजारबाट लैजाने सामान सहज ढुवानी कृषि उत्पादनलाई बढावा दिई आय आर्जनमा सहयोग पुग्ने भएको छ ।

रोपवे युरोपियन युनियनको आर्थिक, प्राटिकल एक्सनको प्राविधिक सहयोग, जिल्ला कृषि विकास कार्यालयको समन्वय र एचआरसी बाजुराको सहजिकरणमा निर्माण गरिएको हो । ९०८ मिटर लम्बाई रहेको रोपवे २६ लाख ५६ हजार ६७ रुपैया ४० पैसामा निर्माण भएको निर्माण समिति सचिव प्रेम साउँदले बताए ।

दुर्गम र पहाडी क्षेत्रका सहजताका लागि निर्माण हुने रोपवे बाजुरामा पहिलो पटक सञ्चालनमा आएको हो । कृषि क्षेत्रको प्रवद्र्धन र विकास गरी स्थानीयको आयआर्जनमा सहयोग गर्न रोपव सञ्चालन गरिएको वरिष्ठ कृषि विकास अधिकृत डाक्६र रामकृष्ण श्रेष्ठले बताए ।
रोपवे निर्माणको प्राविधिक पाटो इन्जीनियर दत्त रावलले सम्हालेका थिए । रोपवे निर्माणमा स्थानीयले ७ लाख ९० हजार बराबरको श्रमदान गरे भने बाँकी साढे १८ लाख युरोपियन युनियनले सहयोग गरेको हो । ३ लाख बढी रकम ऋण लगानी गरेर रोपवे निर्माण गरिएको निर्माण समितिले बताएको छ ।

रोपवे सञ्चालन पूर्व स्थानीयले ढेड घण्टाको उकालो बाटो हिँडेर बोकेरै सामान गाउँ पुर्याउनु पथ्र्यो । रोपवे सञ्चालन पछि १ मिनेट २४ सेकेन्डमा ४० केजी सामान घरमै पुग्ने स्थानीय बलबहादुर साउँदले बताए ।

रोपवेमा एक पटक ९० केजी माथिबाट र ४० केजी तलबाट समान ढुवानी हुने गरेको छ । प्रतिकेजी ४ देखि ५ रुपैयाँ ढुवानी भाडा तिर्न बाध्य स्थानीयले रोपवे सञ्चालन पछि २ रुपैयाँ प्रतिकेजी समान घर पुर्याउने भएका छन् ।

रोपवे उद्घाटनपछि पूर्व मन्त्री थापाले अब मना बासीले भारतको मसुरीमा गएर झुलो टिप्न नपर्ने बताए । स्थानीय स्तरमै उत्पादनमा वृद्धी गरी रोपवेको अधिकतम सदुपयोग गर्न सके अब भारतका विभिन्न शहरमा जान नपर्ने उनले बताए ।