
कालिकोट, २९ माघ । कालिकोटमा सञ्चालनमा आएको कोडबाडा विमानस्थलमा ३१ वर्षपछि तारा एयरलाइन्सको विमान अवतरण भएको छ । शनिबार तारा एयरलाइन्सका क्याप्टेन सन्तोष शाहको टिमले सफल परीक्षण उडान गरेर फर्किएको छ ।
कर्णाली क्षेत्रको निकै महत्वपूर्ण मानिएको कोटबाडा सुनथराली विमानस्थल ३१ वर्षदेखि निर्माणाधीन अवस्थामै अलपत्र रहेको थियो । २०४२ सालदेखि निर्माणकार्य सुरु भएको विमानस्थल निकै लामो समयसम्म पनि बन्न सकेको थिएन ।
विमानस्थल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व कर्णालीका जीवनबहादुर शाहीले सम्हालेको छोटो समयमै निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको हो ।
मन्त्री शाहीले दुई पटक निमार्णाधीन विमानस्थलको स्थलगत निरीक्षण गर्दै माघ मसान्तभित्र सञ्चालनमा आउने गरि काम सम्पन्न गर्न निर्देशन दिएका थिए । मन्त्री शाहीले विमानस्थल कर्णालीको पर्यटन प्रवर्द्धन र समृद्धिको आधार भएको बताए । उनले कालिकोटबासी गरेको प्रतिबद्धता बमोजिम विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको भन्दै कालिकोटे जनताले खुसी व्यक्त गरेका छन् ।
परीक्षण उडान भर्न गएको जहाज हेर्न हजरौंको संख्यामा उपस्थित भएका स्थानीयले कर्णालीमा आशाको किरण छरिएको बताएका छन् । सिङ्गगो कर्णालीको विकाससँग यो काटबाडा विमानस्थल जोडिएका छ ।












प्रतिक्रिया