१९ कार्तिक २०८३, बिहिबार

ओलीले प्रचण्डलाई भने- ‘प्रहरीमा रोलक्रम नमिच्नुस्, तलमाथि परे हामी काँध थाप्छौं’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाल प्रहरीमा रोलक्रम नमिच्न सुझाव दिँदै तलमाथि परे सरकारको काँध थाप्ने बचन दिएका छन् ।

प्रहरीको महानिरीक्षक नियुक्तिमा काँग्रेस र माओवादीबीच किचलो भइरहेको बेला शुक्रबार आकस्मिक रुपमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो । थियो । ओलीको आश्वासनले प्रचण्ड उत्साहित भएका छन् भने प्रहरी महानिरीक्षक नियुक्तिमा काँग्रेस चिप्लने सम्भावना छ ।

दुई नेताहरुबीच कुनै तयारीका साथ भेटवार्ता नभए पनि शुक्रबार नेकपा माओवादी केन्द्रका नेता नाराणकाजी श्रेष्ठको ललितपुरको हरिसिद्धिस्थित् निवासमा गोप्य वार्ता भएको थियो । दुई घण्टासम्म भएको वार्तामा ओलीले प्रहरी प्रमुख बनाउँदा वरियताक्रम नमिच्न सुझाव दिएको स्रोतले बतायो । बरु, तलमाथि परे सरकारको काँध थाप्न आफुहरु तयार रहेको ओलीको भनाइ रहेको स्रोतले बतायो । जवाफमा प्रधानमन्त्री प्रचण्डले आफू पनि त्यही अडानमा रहेको जनाउँदै देउवाले यसमा सहयोग नगरेको भन्दै गुनासो पोखेको थिए ।

संविधान संशोधन प्रस्तावलाई लिएर पानी बाराबारको स्थितिमा रहेका माओवादी र एमालेका अध्यक्षबीचको आकस्मिक भेटवार्ताले काँग्रेस सभापति देउवालाई भने सशंकित बनेका छन् । प्रचण्ड र ओलीको सामिप्यतालाई लिएर देउवा झस्किएका छन् ।

भेटमा आगामी चुनावको मिति घोषणा र असन्तुष्ट मधेशी मोर्चालाई कसरी साथमै लिएर निर्वाचनमा कसरी जान सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो । बैशाखमा चुनाव गर्ने गरी मिति घोषणा गर्न ओलीले सुझाव दिएको स्रोतले बतायो ।