काठमाडौं, २८ माघ । सवारी दुर्घटनामा परेर विहीबार पाँच जनाको मृत्यु भएको छ ।
जसमा कैलालीको पहलमानपुर–१ आमकैयास्थित महेन्द्र राजमार्गमा रोकी राखेको से. १ त ९२७७ नम्वरको ट्याक्टरमा ठोकिँदा से.४ प ४१९७ नम्वरको मोटरसाइकलमा सवार चालक मसुरिया–९ बस्ने २९ बर्षीय गणेश चौधरीको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी अत्तरीया नगरपालिका–२ मा म.१प ७००१ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ७५ बर्षीय उदयराम अधिकारीको मृत्यु भएको छ । ठक्करबाट घाइते भएका अधिकारीलाई पद्मा अस्पताल अत्तरीया हुँदै कोहपुर मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणम लिएको छ ।
कञ्चनपुरको बेल्टारी नगरपालिका–९ ईमेलियामा पनि ट्याक्टर अनियन्त्रित भई एक जनाको मृत्यु भएको छ । से.१ त ५५८५ को नम्वरको ट्रयाक्टर अनियन्त्रित भई पल्टदा त्यसमा सवार लेबर २० वर्षीय कृष्णबहादुर रानाको मृत्यु भएको हो ।
घाइते रानाको थप उपचारको क्रममा भारतको खटिमामा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरसहित चालक श्यामलाल रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुर्खेतको भेरीगंगा नगरपालिका–११ छिन्चु बजारमामा पनि एक जनाको आज मृत्यु भएको छ । ना.४ख ६१३५ नम्वरको बसबाट झर्ने क्रममा पछाडिको टायरले किचेपछि भेरीगंगा नगरपालिका–६ कुहिरेका ६७ बर्षीय मैती डाँगीको मृत्यु भएको हो ।
त्यस्तै, बैतडीको सतड–२ तम्ताडीमा पनि ट्रक अनियन्त्रित भई एक जनाको मृत्यु भएको छ । ना.३ख ५७२३ नम्वरको ट्रक अनियन्त्रित भई सडकबाट करिव २० मिटर तल खस्दा सहचालक श्रीकोट–४ बस्ने २३ बर्षीय किशोर ऐरीको मृत्यु भएको छ । घाइते ऐरीको उपचारका लागि धनगढी लैजानेक्रममा बाटोमै मृत्यु भएको हो ।
दुर्घटनामा परी चाक मोहनराज जोशी, र सहयोगी २५ बर्षीय सागर चन्द घाइते भएका छन् । उनीहरुको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।












प्रतिक्रिया