काठमाडौं, २७ माघ । प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग ब्रीगेड अफ गोर्खाजका कोलोनेल कमाण्डेन्ट समेत रहनुभएका बेलायती सेनाका डेपुटी चीफ अफ द जनरल स्टाफ लिउटुनेन्ट जनरल एन ए डब्लु पोप सीबीईले जङ्गी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ ।
उक्त भेटघाटका क्रममा प्रधान सेनापति र बेलायती सेनाका डेपुटी चीफ अफ द जनरल स्टाफबीच द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धको विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।












प्रतिक्रिया