विराटनगर, २७ माघ । आगामी फागुन ७ गते हुने नेपाल पत्रकार महासंघ मोरङको अधिवेशनका लागि प्रेस चौतारी मोरङले बन्धु पोखरेललाई अध्यक्षको उम्मेद्वार बनाउने भएको छ ।
उमेद्धवार छनौट समितिका संयोजक यज्ञ शर्माले बिहीबार अध्यक्षको उमेद्धवारका रुपमा पोखरेलको नाम घोषणा गर्नु भएको हो । पोखरेल अहिले नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष हुनुहुन्छ ।
‘पत्रकारितामा लामो समयदेखि क्रियाशील रहनु भएका पोखरेललाई चौतारीले अध्यक्षको उमेद्धवार बनाएको छ,’ शर्माले भन्नु भयो, ‘अन्य पदका विषयमा टुँगो लागिसकेको छैन ।’ उहाँले अन्य पदका बारेमा पत्रकार संग सम्बन्धित सबै संघ संगठनसंग छलफल गरेर उमेद्धवारीको टुँगो लगाइने बताउनु भयो ।












प्रतिक्रिया