काठमाडौं, २७ माघ । अन्टारटिकाको सर्बोच्च शिखर भिन्सन मासिफ केहि साता अगाडि आरोहण गरेका कृतिमानी विश्व पर्वतारोही संजय पण्डितलाई बिहिबार नेपाल पर्यटन बोर्डले २ लाख ७५ हजार बराबर सहयोग गरेको छ ।
नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपक राज जोशी तथा बोर्डका सदस्य कृष्ण अर्यालले उक्त रकम बराबरको चेक र सम्मान पत्र प्रदान गर्नु भएको थियो । नेपाललाई अन्तरास्ट्रिय क्षेत्रमा साहषिक हिमाल आरोहणको माध्यमबाट चिनाउन उल्खेनिय भूमिका खेलेको भन्दै संजयलाइ उक्त रकमद्वारा सम्मान गरिएको बोर्डका कार्यकारी निर्देशक जोशीले बताउनु भयो ।
संजयले सगरमाथा मनास्लु सहित विश्वका ११ शिखरहरु सफलतापुर्बक आरोहण गरेका छन् । पण्डितले अफ्रीकाको सिखर किलिमन्जारो र अस्ट्रेलियाको सर्बोच्च शिखर कोजीयसको उल्टो हिडेर आरोहण गरेका थिए । पण्डित उल्टो हिडेर हिमाल आरोहण गर्ने नेपालका पहिलो विश्व पर्वतारोही हुन् । संजयले अन्टारटिकाकै अर्को चर्चित पर्बत माउन्ट रजम्यान पनि सफलता पुर्बक आरोहण गरेका थिए ।













प्रतिक्रिया