१९ कार्तिक २०८३, बिहिबार

सेवा दललाई देशव्यापी बनाउँछौंः रक्षामन्त्री खाँड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, २७ माघ । रक्षामन्त्री बालकृष्ण खाँडले राष्ट्रिय सेवादललाई देशव्यापी रुपमा विकास गरिने बताएका छन् ।

नेपाली सेनाको राष्ट्रिय सेवा दलद्वारा जिल्लाको हात्तिखोरस्थित श्री नं.२ वन तथा पर्यावरण गणको हाताभित्र सञ्चालिन १२ औं ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

युवावर्गलाई राष्ट्र विकास र देश भक्तिको पाठ सिकाउने तथा विपद्को समयमा उद्दार एवं सामाजिक सेवामा समर्पित युवा तयार गर्ने अभिप्रायलेनै राष्ट्रिय सेवादल निर्माण गरिएको उनले बताए ।

यस कार्यमा नेपाली सेनाले खेलेको भूमिकाको प्रसंशा गर्दै उनले राष्ट्रिय सेवादललाई देशव्यापी रुपमा विकास गर्न तथा युवाहरुका लागि फलदायी तालिमका रुपमा विकास मन्त्रालयले सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता समेत जनाए ।

सकारात्मक भूमिकाको लागि समेत प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

रक्षामन्त्री खाँड तथा प्रधान सेनापति राजेन्द्र क्षत्रीले १२ औं ब्याच सिनियर डिभिजन तालिमका शिक्षार्थी छात्र/छात्राहरुद्वारा प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रमको समेत अवलोकन गरेका थिए ।