१९ कार्तिक २०८३, बिहिबार

मधेसबादी दललाई खुसी पार्न ५ नम्बर प्रदेश टुक्राउन खोजियोः गौतम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, २७ माघ । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले सत्तामा रहेका दलले नै निर्वाचन नचाहेको आरोप लगाउनुभएको छ ।

प्रेस चौतारी नेपाल बर्दियाले आज गुलरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका गौतमले सो कुरा बताउनुभएको हो ।

अहिले सत्तामा रहेका दलको पछिल्लो क्रियाकलापले उनीहरुले नै निर्वाचन नचाहेको आरोप लगाउँदै गौतमले नेकपा (एमाले) चुनावमा जान तयारी अवस्थामा रहेको जानकारी गराउनुभयो ।

उहाँले ५ नम्बर प्रदेश टुक्य्राउनुको कारण मधेसबादी दललाई खुसी पार्नका लागि गरिएको आरोप लगाउँदै गौतमले यो राष्ट्रहित विपरीत भएको टिप्पणी गर्नुभयो । रासस