– कालु बोहरा
मंगलसेन, २६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अछामको जिल्ला अधिवेशनबाट मिनबहादुर शाहीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको छ । अधिवेशनमा प्रतिद्धन्दी लोकेन्द्र बहादुर शाहलाई ११ मतले पराजित गर्दे शाही अध्यक्षमा निर्वाचित भएका हुन् ।
अधिवेशनका ५६ जना प्रतिनिधिहरुबाट शाहीले जम्मा ३१ मत र शाहले २० मत प्राप्त गरेका निर्वाचन मण्डलका संयोजक मातृकाप्रसाद भण्डारीले जानकारी दिनुभयो । खसेका मध्ये पाँच मत बदर भएका संयोजक भण्डारीको भनाई छ । समितिका अन्य सदस्यहरु भने सर्वसम्मत चयन भएका थिए । उक्त पार्टीको विधान अनुसार निर्वाचित भएका सदस्यहरु मध्येबाट उपाध्यक्ष, सचिव, कोषाध्यक्ष लगायतका पदहरु विभाजन गरिनेछन् ।
जिल्ला अधिवेशनको उद्घाटन मंगलबार सदरमुकाम मंगलसेनमा भएको थियो । अधिवेशनमा उक्त पार्टीका केन्द्रिय सदस्य श्यामबहादुर शाही लगायतले सम्बोधन गर्नुभएको थियो ।












प्रतिक्रिया