१९ कार्तिक २०८३, बिहिबार

गढिमाईको एक नम्बर वडामा युवा संघको नयाँ कार्यसमिति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमरा, २६ माघ । एमाले निकट युवा संघ नेपालले गढिमाई नगरपालिका वार्ड नम्बर १ मा नयाँ कार्यसमिति चयन गरेको छ ।

सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा गणेश साह ठकुरी, सचिवमा तारानाथ पौडेल, कोषाध्यक्षमा गुञ्जालाल श्रेष्ठ, सहसचिव सविना गौतम रहनुभएको छ भने सदस्यहरुमा सुषान्त लिम्बु, आशिस खड्का, राजु कामल, विकाश लामा, कुमार पुडासैनी, सन्दिप श्रेष्ठ, सागर मैनाली लगायत २५ जना रहनुभएको छ ।

युवा संघ नेपालका गढिमाइ नगरकमिटीका अध्यक्ष गौरव नेपालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेलले युवाहरु एक भए मात्र समाजको विकास हुने र समाजमा भएका विकृति र विसंगति अन्त्य गर्न युवा एक भै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहांले राष्ट्र निर्माणको जिम्मेवारी युवाहरुको काधमा आएको समेत उल्लेख गर्नुभयो । त्यसैगरी सहकारी विभागका प्रमुख डा. कृष्ण पौडेलले राष्ट्रिय स्वाभिमानको लडाईमा युवा संघको महत्वपूर्ण भुमिका रहेकोले युवा संघमा सबैलाई समाहित हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य प्रकाश लम्साल, जिल्ला सदस्य ताराबहादुर कार्की, निर्वाचन विभाग सदस्य विषणु भण्डारी सिमरा गाविसका पुर्व अध्यक्ष भोला अधिरी, हिरा बस्नेत, इश्वर थपलिया, प्रेस चौतारी नेपाल बाराका अध्यक्ष दिवाकर भण्डारी, सिमरा सरसफाई तथा खानेपानीका अध्यक्ष काषिम हुसेन लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।