काठमाडौं, २६ माघ । प्रहरीले सवारी दुर्घटनामा संलग्न सवारी चालक २८ वर्षीय निरबहादुर तामाङलाई पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक महेश्वरा–३ स्थायी घर भई हाल काठमाडौं सुकेधारामा बस्दै आएका अभियुक्त तामाङलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
उनले यही माघ ६ गते धुम्बाराही शंखपार्क अगाडि रिङरोडमा दाङ पाँचकुले–१ स्थायी घर भई हाल काठमाडौं धुम्बाराही बस्ने ४० वर्षीय लोकबहादुर श्रेष्ठ र रोल्पा लिवाङ–७ का ४० हुकुम महरालाई गाडीको ठक्करले घाइते बनाएर भागेका थिए ।
घाइते श्रेष्ठलाई उपचारको लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्ज लैजाँदै गर्दा मृत्यु भएको थियो । दुई जना डोजर चालक थिए ।
अभियुक्त तामाङलाई प्रहरीले गाडीसहित पक्राउ गरी आवश्यक कानुनी कारवाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा पठाएको छ ।












प्रतिक्रिया