३१ आश्विन २०८३, शनिबार

बेल्जियममा नेपाली पाठशाला

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– भरत प्रधान

लिस्बन (पोर्चुगल), २६ माघ । प्रवासी मूलुक बेल्जियममा बसोबास गर्दै आएका नेपालीहरुले नेपाली बालबालिकाहरुलाई लक्षित गरि बेल्जियममा नेपाल ब्रसेल्स बाल साँस्कृतिक केन्द्र नामक नेपाली पाठशाला सञ्चालन गरेका छन् ।

नेपाली बालबालिकाहरूलाई नेपाली भाषा, कला र लोक संस्कृती सिकाउने उद्धेश्यले बेल्जिक सरकार सँग स्वीकृती लिएर बेल्जियमको राजधानी ब्रसेल्समा बिगत एक बर्ष देखि उक्त केन्द्र सञ्चालनमा ल्याईएको हो । बेल्जियममा जन्मेका र हुर्केका नेपाली बालबालिकाहरुले यहांको स्थानिय भाषा फे्रेन्च र डच भाषा बोल्ने तर नेपाली भाषा बोल्न नसक्ने समस्या देखिएपछि बेल्जियम स्थित रहेको नेपाली राजदूतावास र गैर आवासिय नेपाली सँघ बेल्जियमको समन्वयमा नेपाली पाठशाला सञ्चालनमा ल्याईएको केन्द्रकी संयोजक सिर्जना कार्की थापाले बताउनुभयो । फे्रन्च स्कुलको भवनको कोठा भाडामा लिएर सञ्चालन गरिएको केन्द्रमा २४ जना नियमित नेपाली बिद्यार्थी रहेका छन् । केन्द्र साताको एक दिन शनिबार सञ्चालन हुदै आएको छ । हाल ३ जना नेपाली शिक्षक मार्फत् नेपाली भाषा सम्बन्धी आधारभूत सैद्धान्तिक र ब्यबहारिक ज्ञान तथा नेपाली लोक सँस्कृती र नृत्य सम्बन्धी छुटाछुटै प्रशिक्षण दिने ब्यबस्था मिलाईएको छ ।

बेल्जियममा रहेका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा र संस्कृतिको बारेमा जानकारी रहोस् भन्ने मनसायले बिदेशी भुमीमा नेपाली पाठशाला संचालन गर्न पाउंदा आफूहरुलाई निकै खुशि लागेको केन्द्रका संस्थापक अध्यक्ष उत्तम गौतमले बताउनुभयो । केन्द्रमा नेपाली भाषा बोल्न तथा लेख्न सिकाउने, नेपाली सँस्कार र सँस्कृतीका बिषयमा जानकारी गराउने तथा नेपाली रहनसहन, पोशाक र नेपाली लोक नृत्य लगायतका बिषयमा प्रशिक्षण दिने गरिएको छ । उक्त नेपाली पाठशालालाइ बेल्जिक सरकारले समेत सहयोग गर्ने आश्वासन दिएकोले आगामी दिनमा थप ब्यबस्थित ढँगबाट सञ्चालन गर्ने योजना रहेको सँयोजक थापाले बताउनुभयो ।

यसैबिच केन्द्रले बिबिध कार्यक्रम सहित आफ्नो स्थापना तथा अभिभावक दिवस मनाएको छ । नेपाली राष्ट्रिय गान गाएर शुरु गरिएको कार्यक्रममा नेपाली भाषा, कला र संस्कृतिका बिषयमा चर्चा समेत गरिएको थियो । कार्यक्रममा सामूहिक रुपमा सरस्वती पूजा गरिनुका साथै केन्द्रमा अध्ययनरत बालबालिकाबाट नेपाली सस्कृती झल्कने खालका नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रम केन्द्रका अध्यक्ष यज्ञ बहादुर गुरुङको प्रमुख आतिथ्यता, देब गुरूङको स्वागत तथा महासचिव हरि श्रेष्ठको संचालनमा सम्पन्न भएका थियो ।