१९ कार्तिक २०८३, बिहिबार

ट्याङ्करको ठक्करबाट किशोरीको घटनास्थलमै मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रत्ननगर (चितवन), २६ माघ । पूर्वी चितवनको खैरहनीस्थित चैनपुरमा तेल बोक्ने ट्याङ्करको ठक्करबाट आज एक किशोरीको मृत्यु भएको छ ।

भरतपुरबाट हेटौँडातर्फ जाँदै गरेको ना २ ख ५७१४ नम्बरको तेल बोक्ने ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको ना ४२ प ४८८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा किशोरीको मृत्यु भएको हो ।

खैरहनी नगरपालिका–२ स्थित राजमार्गमा बिहान–९ बजे भएको उक्त दुर्घटनामा परी मोटरसाइकलको पछाडि बस्ने १७ वर्षकी सविना पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको घटनास्थलमै ज्यान गएको हो । मोटरसाइकल चालक भने सामान्य घाइते भएका छन् । दुर्घटनापछि ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस