१९ कार्तिक २०८३, बिहिबार

मोटरसाइकल दुर्घटनामा दुईको मत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भीमदत्तनगर, २५ माघ । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ खैरभट्टीमा मङ्गलबार मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीका अनुसार से ५ प २२६४ र म १ प ३६३४ एक आपसमा ठोक्किँदा कैलालीको धनगढीस्थित तारानगरका २२ वर्षीय सुरज पार्की र कञ्चनपुरको बेदकोट नगरपालिका–२ भम्काका २३ वर्षीय रहिस ओखेडाको मृत्यु भएको छ ।

मृतकद्वय पार्की र ओखेडा से ५ प २२६४ नं को मोटरसाइकलमा सवार थिए । त्यसैगरी, म १ प ३६३४ मा सवार भीमदत्तनगरपालिका–१८ खैरभट्टीका ४१ वर्षीय मेखराज भण्डारी, उहाँकी श्रीमती र छोरा घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । रासस