१९ कार्तिक २०८३, बिहिबार

महासंघ प्रतिनिधिमण्डल र भवन निर्माण विभागका महानिर्देशकबीच भेटघाट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले मंगलवार शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शिवहरि शर्मालाई भेटी निर्माण व्यवसायका विद्यमान समस्या र समाधानका सम्बन्धमा जानकारी गराएको छ ।

प्रतिनिधिमण्डलले विनाशकारी भूकम्प, तत्कालीन समयमा मधेशमा भएको आन्दोलन, भारतीय नाकाबन्दी लगायतका कारण विभाग अन्तर्गतका निर्माण आयोजनाहरु प्रभावित भई निर्माण कार्य रोकिएको कारणबारे जानकारी गराएको थियो । सोही कारणहरुले समयमै कार्य सम्पन्न नभएको आयोजनाहरुको विना हर्जना १ वर्ष म्याद थप गरिदिने व्यवस्था हुनु पर्नेमा विभाग अन्तर्गतका डिभिजन कार्यालयहरुले क्षतिपूर्ति लिएर मात्र म्याद थप गर्ने गरेकोले जरिवाना बिना नै म्याद थप गर्ने व्यवस्थाका लागि पहल गरिदिन प्रतिनिधिमण्डलले आग्रह गरेको छ ।

विभाग अन्तर्गतका कतिपय सम्पन्न भइसकेका निर्माण आयोजनाहरुको भुक्तानी हुन नसकिरहेको अवस्थामा निर्माण व्यवसायीहरुले तिर्नुपर्ने बैंकको ब्याज तिर्न नसकी घर–खेत लिलाम हुने अवस्था सिर्जना भएकोले सम्पन्न भइसकेका सम्पूर्ण निर्माण आयोजनाहरुको यथाशिघ्र भुक्तानीको व्यवस्थाका लागि सम्बन्धित सबै निकायहरुमा निर्देशन दिन समेत प्रतिनिधिमण्डलले आग्रह गरेको छ ।

महासंघ अध्यक्ष शरदकुमार गौचन नेतृत्वको प्रतिनिमिण्डलले साना तथा ठूला निर्माण आयोजनाहरुमा मूल्य समायोजनको व्यवस्थाका लागि पहल गरिदिन पनि आग्रह गरेको छ ।

प्रतिनिधिमण्डलमा महासंघका सल्लाहकार सुकुन्तलाल हिराचन, वरिष्ठ उपाध्यक्ष विष्णुभाई श्रेष्ठ, उपाध्यक्ष भीमबहादुर साउद, उपमहासचिव विष्णु बुढाथोकी, कार्यालय प्रमुख कृष्णबहादुर पोखरेल लगायतको सहभागिता थियो ।