१९ कार्तिक २०८३, बिहिबार

विमानस्थलपछि सार्वजनिक बसबाट समातियो अवैध सुन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २५ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समातिएको साढे ३३ किलो अवैध सुन काण्डमा छानविन चलिरहेका बेला मकवानपुरमा सार्वजनिक बसबाट सुन बरामद गरिएको छ ।

पर्सा उदयपुर घुर्मी–२ बस्ने २३ वर्षीय संजितकुमार सर्राफले लुकाईछिपाई ल्याएको करिब ६ किलो चाँदी र सुनको गहना करीब ४ तोला सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।

हेटौडा–१७ रातोमाटे चेकप्वाईटस्थित खटिएको प्रहरीले बिरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना.५ ख ६२१६ नम्बरको बस चेकजाँच गर्ने क्रममा बसमा सवार सर्राफको साथमा उक्त सामान फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।