१९ कार्तिक २०८३, बिहिबार

कविगाउँमा धरणीको सम्झना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दुम्जा, २५ माघ । जागरण कवि धरणीधर कोइरालाको १२५ औं जयन्ती कविकै जन्मगाउँ कुशेश्वर दुम्जामा चित्रकला प्रदर्शनी, कविता वाचन र सांस्कृतिक कार्यक्रमसहित भव्यरुपमा मनाइएको छ ।

धरणीधर स्मृति पुस्तकालय र देवीस्थान माध्यमिक विद्यालयद्वारा संयुक्त रुपमा सोमबार आयोजित धरणी जयन्तीमा एक हप्ते दुम्जा कलायात्रा–२०७३ का क्रममा तयार पारिएका चित्रकला तथा मूर्तिकला प्रदर्शनी गरिएको थियो । कलाकार सुरेम देशार, सुरेन्द्र अधिकारी, राजेन्द्र देशार, अनिल महर्जन र जयराम महर्जनले दुम्जाको प्राकृतिक सौन्दर्य, जनजीवन झल्कने चित्र तयार पार्नुभएको थियो । जेष्ठ नागरिक, महिला, बालबालिकाले निकै रुचिपूर्वक चित्रकला अवलोकन गर्नुभएको थियो ।

कार्यक्रममा लोककवि नारायण बहादुर कोइराला, अमन्तिनाथ कोइराला, अनिता श्रेष्ठ, नारायण दुम्जाली, सुरेम देशारलगायतले कविता वाचन गर्नुभएको थियो ।

समाजसेवी बलराम कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सुरेम देशारले दुम्जालाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न सकिने सम्भावनाबारे चर्चा गर्दै भन्नुभयो–“पिताजी कृष्णप्रसाद कोइरालाको जन्मस्थल दुम्जालाई धार्मिक, साहित्यिक र कृषि पर्यटनस्थलको रुपमा विकास गर्न सकिन्छ । त्यहि उद्देश्यसाथ हामी दुम्जा कलायात्रामा सहभागी भएका हौैं ।”

कुशेश्वर विद्यापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद कोइरालाले राणाशाही शासनबिरुद्ध जनतालाई जागरुक हुन झकझक्याउने धरणीधरप्रति राज्यले उचित सम्मान दिन नसकेको बताउनुभयो ।

कार्यक्रममा, सनातन धर्म सेवा समिति नेपालका केन्द्रीय अध्यक्ष माधवप्रसाद न्यौपानेले जागरण कवि धरणीधरलाई राज्यले विर्से पनि दुम्जावासीले कहिल्यै विर्सन नसक्ने बताउनुभयो ।

यस्तै, समाजसेवी अर्जुन खड्काले धर्म, संस्कृति, शिक्षा र परिवर्तनका लागि जाकरणकवि धरणीधरले देखाएको चेतना अब आउने पुस्तासम्म पु-याउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा विकास भण्डारी, सुरेम देशार, राजेन्द्र देशार, बलराम कोइरालालगायतले धरणीधर कोइरालाले भाषा, साहित्य र शिक्षाको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा देवीस्थान माध्यमिक विद्यालयका बालबालिकाहरु रोशनी घिसिङ, अस्मिता लामा, मनिषा श्रेष्ठ, यादव रायमाझी, विकास लामा, रमेश श्रेष्ठ, निशा भण्डारी, प्रिती दोङलगायत लोक नृत्य प्रस्तुत गर्नुभएको थियो ।