१९ कार्तिक २०८३, बिहिबार

२१ औं बालसाहित्य प्रवर्द्धन सम्मान २०७३/७४ को घोषणा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । कविताराम बालसाहित्य प्रवर्द्धन अनुष्ठान, बालमञ्च, नेपालले २०७३/७४ सालको २१ औं बालसाहित्य प्रवर्द्धन सम्मान बालसाहित्यकार तथा अनुसन्धानकर्ता प्रा.डा. शैलेन्दुप्रकाश नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ ।

त्यसैगरी यस वर्षको बालसाहित्य प्रवर्द्धन कदरपत्र नेपाल बाल साहित्य समाज र बालप्रतिभा पुरस्कार प्रवीणा खड्कालाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त सम्मान कार्यक्रम फागुन ७ गते स्वर्ण शिक्षा इ.मा.वि. गोकर्णमा हुने कविताराम बालसाहित्य प्रवर्द्धन अनुष्ठानका अध्यक्ष नवराज अधिकारीले जानकारी दिनुभयो ।

२०२९ साल मंसिर २९ गते कटुन्जे भोजपुरमा जन्मनुभएका साहित्यकार प्रा.डा. शैलेन्दुप्रकाश नेपालका गीतिकाव्य ४, खण्डकाव्य ४, महाकाव्य ३, उपन्यास २, समालेचना ४, पाठयपुस्तक ८ र बाल साहित्यमा ५ गरी जम्मा ३१ पुस्तकहरू प्रकाशित छन् । उहाँ हाल नेपाल बाल साहित्य समाजको उपाध्यक्ष हुनुहुन्छ तथा पद्यमकन्या क्याम्पसमा सहप्रपाध्यापक हुनुहुन्छ । उहाँले हालसम्म २१ वटा मान, सम्मान तथा पुरस्कारहरू प्राप्त गर्नुुभएको छ । बालसाहित्य प्रवर्द्धनमा विशिष्ट योगदान पुर्याएबापत कदरपत्र प्राप्त गर्ने नेपाल बाल साहित्य समाज २०४४ सालमा स्थापित भएको थियो । बाल प्रतिभाको रुपमा पुरस्कृत हुनुहुने प्रवीणा खड्का हीमशिखा एकेडी, नयाँपाटी, काठमाडौँमा ९ कक्षामा अध्ययन हुनुहुन्छ ।

डा. कविताराम श्रेष्ठद्वारा ०५४ मा स्थापित यस अनुष्ठानले यसअघि २० जना वरिष्ठ साहित्यकारहरू, २२ वटा सँस्थाहरू र २३ जना बालप्रतिभाहरूलाई सम्मान एवम पुरस्कार प्रदान गरिसकेको छ । सम्मानित साहित्यकारहरूमा शान्तदाश मानन्धर, डा. चुडामणि वन्धु, रमेश विकल, स्यामप्रसाद शर्मा, जनकप्रसाद हुमागाईँ, कृष्णप्रसाद पराजुली, देवकुमारी थापा, दुर्गालाल श्रेष्ठ, भिक्टर प्रधान, विश्वम्भर चंचल, शारदा अधिकारी, परशु प्रधान, कल्पना प्रधान, के. के. कर्माचार्य, विजय चालिसे, तेजप्रकाश श्रेष्ठ, कृष्णप्रसाद दुवाल, वासुदेव मुनाल र ध्रुव घिमिरे हुनुहुन्छ ।

कदरपत्र प्राप्त गर्ने सँस्थाहरूमा बासु मावि भक्तपुर, बुढानीलकण्ठ काठमाडौँ, हिन्दुविद्या पीठ काठमाडौँ, शुभतारा स्कूल ललितपुर, नोबल एकेडेमी काठमाडौँ, चितवन इआ मावि भरतपुर, रुम टु रीड काठमाडौँ, रीड नेपाल काठमाडौँ, सीवीन काठमाडौँ, रत्नपुस्तक भण्डार काठमाडौँ, भोलीको नेपाल टिभि कार्यक्रम काठमाडौँ, टेम्पस इन्टनेशनल (क्यानाडा) र बालसाहित्य प्रवर्द्धन केन्द्र वा बाल संसार काठमाडौँ, श्री जगत् सुन्दर बोने गुठी, श्री महाङ्काल मावि, श्री ऐरावती प्रकाशन, श्री इलोहँ पत्रिका, श्री बालोद्यान पत्रिका काभ्रे, श्री एकता प्रकाशन, श्री अछयज्ञान बालपत्रिका, र श्री रातो बङ्गला किताब छन् ।

त्यस्तै बालप्रतिभाहरूमा झमक घिमिरे, विभूति सिँह, निरज बलामी, रश्मी आमात्य, श्लेष्मा क्षेत्री, अस्मिता पन्थी, उदेश पाण्डे, अन्जना राजवंशी, नीभा शर्मा, विनया बस्नेत, प्रतिभा खालिंग, भिक्टर सापकोटा, अपूर्व न्यौपाने, सरिता अधिकारी, सरिता अर्याल, विज्ञता कार्की, ज्वाला ढकाल, अनिशा खड्का, सुशान्तमान सिंह मास्के छन् ।