कोपन्हेगन । डेनमार्कमा नेपाली व्यवसायको नयाँ स्वरुपको उदय भएको छ । यहि फेब्रुअरी १ तारेखमा कोपन्हेगनको भेस्तर फारिमेस्गेदमा सीपीएच एडु ट्राभलको सुभारम्भ भएसंगै नेपालीहरुको व्यबसाय रेस्टुरेन्ट र खुद्रापसल (ग्रोसरी)बाट अलग क्षेत्रमा विस्तार भएको हो ।
उच्च शिक्षा अध्ययनका लागि डेनमार्क आएर लामो समयदेखि कोपन्हेगनमै बस्दै आएका दिपक सापकोटा, सुशील घिमिरे र राम कडरिया मिलेर ुकोपन्हेगन एडु ट्राभलु नामक एजेन्सी स्थापना गरी व्यबसायिक हिसाबबाट नेपालको पर्यटन प्रवर्द्धन गर्ने कामको औपचारिक थालनी गरेका हुन् ।
संचालकहरुमध्ये सापकोटा डेनमार्कका लागि नेपाल पर्यटन बोर्डका मानार्थ जनसम्पर्क प्रतिनिधि हुन् ।
विदेशी अध्ययनकर्ता, भ्रमणकर्ताहरूलाई नेपालमा इंटर्नशिपको लागि प्रोत्साहित गर्ने, विभिन्न परियोजनाहरुमा स्वयंसेवकको सहजीकरण गर्ने तथा नेपाल भ्रमणका प्याकेजहरु पस्कने एडु ट्राभलको हेतु रहेको सापकोटाले बताए ।
नेपालीहरुले फरक व्यवसायको अभ्यास थाल्नुपर्ने महसुस गरेर एक वर्ष लामो अभ्यास र प्रक्रियापछि सम्भवतस् स्क्याण्डिनेभियाको पहिलो नेपाली एडु ट्राभलले औपचारिकता पाएको उनले खुलाए ।
डेनमार्कमा हुने ट्राभल एक्स्पो तथा अन्य प्रवर्द्धनात्मक अवसरहरुमा सहभागी भएर नेपालको चिनारी गराउने, विभिन्न कलेज, युनिभर्सिटीमा नेपाल चिनाउने कार्यक्रम लिएर जाने र नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने खालका आफ्ना कार्यक्रम योजना पनि सुनाए ।
भ्रमण अब घुमफिरका लागि मात्र नभएर सिकाईका लागि पनि हो भन्ने सन्देश स्वरुप भ्रमणकै दौरान अध्ययन गर्ने अभिप्रेरणा जगाउनु एडु ट्राभलको उद्देश्य भएको बताइएको छ ।
यसले विदेशमा बसेर पनि देशका लागि केहि गर्ने र नेपालीहरु साबिकभन्दा अलग व्यबसायमा पनि संलग्न हुन सकिने कुराको उदाहरण प्रस्तुत भएको विचार कार्यालय उदघाटन कार्यक्रमका सहभागीले व्यक्त गरे ।
सो एडु ट्राभलले उल्लेखित बाहेक विश्वका विभिन्न ठाउँका लागि ट्राभल टिकटिंगको पनि काम गर्ने बताइएको छ ।















प्रतिक्रिया