मस्कट । नेपाल तामाङ सजाज ओमान द्वारा अायोजित “सोनाम ल्होछार २८५३ ज्या ल्हो विशेष साँस्कृतिक कार्यक्रम ३ फेब्रुअरी २०१७ शुक्रबारको दिन अोमानको मस्कट स्थित अलमासा हल रूवीमा सफलता पूर्वक सम्पन्न भएको छ ।
तामाङ समाजका अध्यक्ष राम थोकर तामाङको सभाध्यक्षतामा रहेको उक्त कार्यक्रमको सञ्चालन महासचिब तेजबहादुर तामाङ (प्रेम) उपाध्यक्ष अनिता तामाङ र अर्का उपाध्यक्ष बिनोद बल तामाङको रहेको थियो ।
नेपाली दुतावासका कावा राजदुत रोजीना ताम्रकारको प्रमूख अातिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल तामाङ समाज ओमानका केन्द्रिय सदस्य तथा लामा गुरु दावा लामा तामाङले विशेष अतिथी रहनु भएको थियो ।
यसै गरि अोमान स्थित सबै संघ संस्था प्रतिनिधीहरू क्रमशः गैर अावसीय संघ अोमान का अध्यक्ष दिपक श्रेष्ठ, प्रवासी नेपाली मञ्च ओमानका अध्यक्ष गगन कार्की अोमान नेपाली एकता समाजका अध्यक्ष छवि लाल बस्नेत नेपाली महिला समूह अोमानका अध्यक्ष पार्वती श्रेष्ठ, बुद्ध भिजन अोमानका अध्यक्ष निमा तमाङ, जन प्रगतीशिल मञ्च अोमानका सदस्य सङ्गीता तामाङ, नेपाली जन सम्पर्क समिति अोमानका सभापति फर्सुराम पोखरेल, नेपाली समाज अोमानका सुन्सरी कार्की, मगर संघ अोमानका अध्यक्ष सुर्य बहादुर थापा, दलित एकता संजाल अोमानका मानबहादुर बि. क., अन्तर्राष्ट्रिय साहित्य समाज अोमानका अध्यक्ष दिलप्रसाद पौडेल, तमु समाज ओमानका अध्यक्ष बिजय गुरुङ, नेपाली कृश्चियन फेलोसिपका संयोजक संगम सिंह लगाएतका संघ संस्था प्रतिनिधीहरू अतिथिको रूपमा रहेका थिए। यसै गरि, नेपालबाट अाउनु भएका कलाकार पप सेलो गायक अशुसेन लामा र लोक दोहोरी गायिका कृष्ण गुरुङ पनि अातिथ्यताको अाशन ग्रहण गरेका थिए ।

कार्यक्रममा अाउनु भएका प्रमुख अतिथी, विशेष अतिथि, अतिथि गण लगाएत उपस्थित सबै दर्शक वृन्दहरूलाई समाजका उपाध्यक्ष बिनोद बल तामाङले स्वागत मन्तव्य द्वारा स्वागत गर्नुभएको थियो, भने प्रमुख अतिथि र तामाङ समाजका सचीव सुबिस्ता तामाङले शुभकामना मन्तव्य राख्नु भएको थियो, र लामा गुरु दावा तामाङ बाट नया बर्षको अबसरमा सबै मानव जातिमा सुख शान्ती रहोस् भनी पुजा पाठ पनि गर्नु भएको थियो।
त्यसैगरि दिप प्रज्वलन गरि उदघाटन भएको कार्यक्रममा राष्ट्रिय गान गाएर अाफ्नो मातृभूमी अर्थात नेपालको माटो सम्झिने काम पनि उक्त कार्यक्रममा भएको थियो।
नेपालबाट अाएका दुबै कलाकारको जोड्दार प्रस्तुतीले गुञ्जयमान भएको उक्त हलमा सहभागी सबै दर्शकहरूले भरपूर्ण मनोरञ्जन प्राप्त गरेका थिए भने पप सेलो गायक अशुसेन लामाले सेलो, पप सेलो देखि लिएर अरबिक भाषाको गित गाएर पुरै हल लाई मनोरञ्जन दिएका थिए, भने लोक दोहोरी गायिका कृष्ण गुरुङले पनि गोर्खालीको छोरी बोलका गित गाएर हलमा भएका सम्पुर्ण दर्शकहरुलाई नचाएकी थिईन।
राष्ट्रिय कलाकारहरूको प्रस्तुती संग संगै स्थानीय कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई थप अकर्सित बनाएका थिए।
कार्यक्रमलाई अार्थिक स्पोन्सर गर्नु हुने क्रमशः He-Be Middle East LLC, Mr.Hamaed Abubakar Al Zubedi, MODERN EXCHANGE CO LLC, Al Mudhish Oman, र मगर संघ ओमान ,लाई सल्लाहकार कार्सङ तामाङको सहकार्यमा अध्यक्ष राम थोकर तामाङले सम्मान पत्र सहित सम्मानित गरिएको थियो। साथै नेपाल देखि अाई अाफ्नो उत्कृष्ट कला प्रस्तुत गर्नु भएकोमा राष्ट्रिय कलाकारहरू लाई उच्च प्रशंसा गर्दै कदर पत्र दिई सम्मान गरिएको थियो।
कार्यक्रममा उत्साह जनक उपस्थिती जनाउनु हुने सबै संघ संस्था र प्रवासी नेपाली दाजूभाई तथा दिदीबहिनीहरूलाई हार्दिक अाभार प्रकट गर्दै कार्यक्रमलाई सफल पार्नुको लागि सहयोग गर्नु हुने सम्पुर्णलाइ विशेष धन्यवाद दिँदै अध्यक्ष राम थोकर तामाङले कार्यक्रम लाई समापन गर्नु भएको थियो ।
















प्रतिक्रिया