अष्ट्रेलिया । एमालेको प्रवासी संगठन प्रवासी नेपाली मञ्च अष्ट्रेलियाअन्तर्गत साउथ अष्ट्रेलिया राज्य समितिको प्रथम अधिवेशनले हेम खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
एमालेका उपमहासचिव विष्णु पौडेलको प्रमुख आतिथ्यमा एडिलेडमा शनिबार सम्पन्न अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति निर्माण गरेको हो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य डा राजन भट्टराई र प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे, साउथ अष्ट्रेलियाका लागि अवैतनिक महावाणिज्यदूत दीपक धमला, एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष नवीन कँडेललगायतको विशेष उपस्थिति रहेको थियो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा राजेश अधिकारी, सचिवमा अशोक केसी, कोषाध्यक्षमा अशोक अधिकारी सहसचिवमा गणेश पराजुली रहेका छन् ।
सदस्यहरुमा रमन अधिकारी, सुपक अधिकारी, प्रकाश पनेरु, निलम महत, चन्द्र कुँवर, तुंगा बानियाँ, संगीत फुँयाल, रगनेश श्रेष्ठ, निर्दोष खनाल, मनोज अधिकारी, जीवन भण्डारी, सन्तोष चालिसे, युवराज पहाडी, लीला पुरी, बुद्धिराज फुँयाल, शंकर सापकोटा रहेका छन् ।
उपमहासचिव पौडेलले एकताबद्ध भएर प्रवासी नेपालीहरूको लागि क्रियाशील हुन आह्वान गरेका थिए । उनले नयाँ कार्यसमितिलाई कार्यकालको शुभकामना दिँदै विदेशमा रहेका नेपालीहरूको सामाजिक सुरक्षालाई पनि ध्यान दिनुपर्ने उल्लेख गरे । डा भट्टराईले नेपालले भारत र चीनसँग समदूरी कायम गर्दै आफ्नो हितमा सम्बन्धलाई उपयोग गर्न सक्नुपर्ने बताए ।















प्रतिक्रिया