कैलाली, २१ माघ । जिल्ला प्रहरी कार्यालय कैलालीको नवनिर्मित भवनको आज प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले उद्घाटन गर्नुभएको छ ।
सो क्रममा महानिरीक्षक अर्यालले प्रहरीको वर्तमान समयमा अपराध र अनुसन्धान बढी चुनौतीपूर्ण रहेकाले यसको सामना नागरिक र प्रहरीले मिलेर गर्नुपर्ने बेला आएको बताउनुभयो ।
प्रहरी कर्मचारीमा नयाँ कार्यशैली, नयाँ विचार र सोच नयाँ हुनु जरुरी रहेको बताउँदै उहाँले भौतिक संरचनामा आएको परिवर्तनको प्रभाव आचरण, व्यवहार र कार्यशैलीमा पनि देखिनुपर्छ भन्नुभयो ।
प्रजिअ गोविन्दप्रसाद रिजालले कार्यालयका दैनिक गतिविधि सरल र सहज रुपमा सञ्चालन गर्न नयाँ भवनले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
रु तीन करोड १४ लाखको लागतमा निर्मित नवनिर्मित भवनमा नागरिकता सहायता कक्ष, अपराध अनुसन्धान शाखा, प्रहरी कक्षलगायत महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालयको छन् । रासस












प्रतिक्रिया