
काठमाडौ, २१ माघ । तेह्रथुम श्रीजंग–५ का ३३ वर्षीय यादवप्रसाद दाहाललाई अवैध रुपमा भन्सार छली लैजान लागेको सुन सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको पार्किङ एरियामा विदेशबाट आगमन भएका नेपाली यात्रुहरुको साथबाट सुनको बेरुवा औंठीहरु ४ थान (९९ ग्राम) अन्दाजी ४ लाख ६७ हजार ६ सय ७६ रुपैयाँ बराबरको संकलन गरी भन्सार छली लैजान लागेको अवस्थामा दाहालललाई प्रहरीले फेला पारी नियन्त्रणमा लिएको थियो ।
उनलाई प्रहरीले आवश्यक कारबाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार, गौचर काठमाडौंमा बुझाएको छ ।












प्रतिक्रिया