भैरहवा, २१ माघ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले शुक्रबार भैरहवा बहुमुखी क्याम्पस र रुपन्देही क्याम्पसको गेटमामा राष्ट्रिय झन्डा गाडेर फहराएको छ ।
स्ववियु निर्वाचनलाई राष्ट्रियतासँग जोड्न अनेरास्ववियु क्षेत्र नं. २ ले क्याम्पस गेटमा राष्ट्रिय झण्डा फहराएको जिल्ला सह–सचिव लक्ष्मी केसीले जानकारी दिइन् ।
उनका अनुसार शुक्रबार जिल्लाका प्रमुख क्याम्पसहरुमा झन्डा गाडिको हो । उनले अहिले देशमा विखण्डनकारी सल्बलाइरहेकाले विद्यार्थीलाई राष्ट्रिय भावनामा जागृत गराई विद्यार्थीलाई राष्ट्रियताप्रति ऐक्यबद्ध बनाउन क्याम्पसमा झन्डा फहराइएको बताइन् ।
अनेरास्ववियुले राष्ट्र र राष्ट्रियतामाथि गम्भीर खतरा उत्पन्न भएको भन्दै राष्ट्र र राष्ट्रिय एकताको भावनाको विकासका लागि माघ २१ गते भित्र देशभरका प्रत्येक क्याम्पसका गेटमा राष्ट्रिय झण्डा फहराउने निर्णय अनुसार भैरहवाका दुई क्याम्पसहरुमा शुक्रबार झन्डा फहराइएको भैरहवा बहुमुखी क्याम्पसका अध्यक्ष सरोज ठकुरीले बताए ।













प्रतिक्रिया