काठमाडौं, २० माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले पर्यटन क्षेत्रको विकासका लागि भौतिक संरचना आवश्यक पर्ने बताएका छन् ।
झापाको काँकडभिट्टामा पर्यटन कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री शाहीले भौतिक संरचना निर्माणमा जोड दिएका हुन् ।
पर्यटन क्षेत्र देशको अर्थतन्त्रको एउटा महत्त्वपूर्ण हिस्सा भएकाले यो क्षेत्रको विकास गर्न सबै जना एकजुट हुनुपर्ने मन्त्री शाहीले बताएका छन् ।
तीन दिनका लागि पूर्व क्षेत्रको अनुगमनमा निस्किएका मन्त्री शाहीले प्रदेश नम्बर एकमा रहेका विमानस्थल त्यस्तै धार्मिक तथा पर्यटकीय स्थलको निरीक्षण गरेर सम्बन्धित निकायलाई सुधारका लागि आवश्यक निर्देशन समेत दिएका छन् ।













प्रतिक्रिया