काठमाडौं, २० माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवा घाइते भएका छन् ।
अध्ययनका सिलसिलामा हाल बेलायतमा रहेका २२ वर्षीय जयवीर लण्डनमा फुटबल खेल्ने क्रममा लडेर घाइते भएको र विलिन्टन हस्पिटलमा उपचार गराइरहेको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।
जयवीरको ढाड र खुट्टामा चोट लागेको थियो । छोराको उपचारका लागि देउवा पत्नी आरजु एक साता अघि नै लण्डन पुगेकी छन् । जयवीर बेलायतको यूनिभर्सिटी अफ योर्कमा राजनीतिशास्त्रमा अध्ययनरत छन् ।















प्रतिक्रिया