१९ कार्तिक २०८३, बिहिबार

पत्रकार महासंघ प्युठानको अधिवेशन फागुन १२ मा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सलिम अन्सारी

प्युठान, २० माघ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको वैठक सम्पन्न भएको छ । वैठकले नेपाल पत्रकार महासंघको केन्द्रिय निर्णय अनुसार फागुन १२ गते छैठौ जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

बुधबार जिल्लाको बाग्दुलामा बसेको बिस्तारित बैठकले कालिका बिकास केन्द्र बिजुवारको सभाहलमा अधिबेशन गर्ने निर्णय गरेको हो ।

अधिबेशन सफल पार्न बैठकले बिभिन्न उपसमिती समेत गठन गरेको छ । जसअनुसार प्रचारप्रसारका लागि नोमराज पौडेल संयोजक रहेको ११ सदस्यीय प्रचार प्रसार समिति गठन गरिएको छ ।

जस्मा केशर रोका, सुजल श्रेष्ठ, सलिम अन्सारी, सिटि पोख्रेल, लोकेन्द्र सुनार, जुमान सिंं केसी, सशीधर भण्डारी, एलिसा बस्नेत, सृजना सेन र नर्मदा भट्ट सदस्य रहेका छन ।

अधिवेशनमा निर्वाचनका लागि डा. शिबराम पण्डितको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ जसको सदस्यहरुमा खुम बहादुर थापा र राम प्रसाद पौडेल जल रहनुभएको छ ।

त्यसैगरि वैठकले नेपाल पत्रकार महासंघले दिदैआएको उत्कृष्ट पत्रकारिता पुरस्कार र महासंघ मार्फत दिईने अन्य पुरस्कारको छनोटको लागि पनि सम्मान तथा पुरुस्कार छनौट उपसमिति गठन गरेको छ । नेपाल पत्रकार महासंघ प्युठान शाखा अध्यक्ष गिरु प्रसाद भण्डारिको संयोजकत्वमा महासंघका पुर्ब अध्यक्ष सुशील पोख्रेल र संजय रिजाल सदस्य रहेको ३ सदस्यीय उक्त समिति गठन गरिएको हो ।

त्यस्तै महासंघको आगामी नेतृत्व सर्बसहमत बनाउन आवश्यक छलफल र गृहकार्यका लागि सुशील पोख्रेल संयोजक्तवमा तीन सदस्य कार्यदल पनि गठन गरिएको छ । कार्यदलमा अग्रज पत्रकार इमानसिहँ भारती र गिरुप्रसाद भण्डारी सदस्य रहेको अधिबेशन मुल आयोजक समितिले जनाएको छ ।

पत्रकार महासंघ प्युठानका अध्यक्ष गिरुप्रसाद भण्डारीको अध्यक्षता रहेको वैठकमा कार्यसमितिका पदाधिकारी, केन्द्रिय पार्सद, सल्लाहकारका साथै जिल्लामा कृयाशिल पेशागत संघसंगठनका अध्यक्ष तथा प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।