१९ कार्तिक २०८३, बिहिबार

रामेछापमा १७ पार्टीले निर्वाचनमा भाग लिन पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, १९ माघ । रामेछाप जिल्लाका १७ वटा राजनीतिक पार्टीहरुले स्थानीय निकायको निर्वाचनमा भाग लिन पाउने जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।

निर्वाचन आयोगले सबै जिल्लामा राजनीतिक दल सम्बन्धि विवरण अध्यावधिक गर्न माघ १७ गतेको समय सिमा निर्धारण गरेको र यस अवधिमा १७ वटा राजनीतिक दलहरुले आफ्नो बिवरण अध्यावधि गराएको जिल्ला निर्वाचन कार्यालय रामेछापका लेखापाल सुमन पन्थीले जानकारी दिएका छन् ।

लेखापाल मन्थीका अनुसार जिल्लामा राजनीतिक दल सम्बन्धी विवरण अध्यावधिक गर्न निर्देशन आएपछि सबैभन्दा पहिले नेपाली कांग्रेसले दार्ता गराएको र त्यसपछि क्रमस नेपाल पुर्व राष्ट्रसेवक लोकतान्त्रीक पार्र्टी,देशभक्त पर्यावरणिय सामाजिक मोर्चा,नेपाल कम्युनिष्ट पार्टी माले, संघिय समाजवादी फोरम नेपाल पार्टीले आफ्नो बिबरण अध्यावधिक गराएका छन् । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी एमाले, राष्ट्रिय प्रजातन्त्र पार्र्टी, नेकपा माओवादि केन्द्र, नयाँशक्ति नेपाल,लीबरल डेमोक्रेटिक पार्र्टी, नेपाल दलित पार्टि, सांस्कृतिक जनमोर्चा पार्र्टीले अध्यावधिक गराएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।

त्यसैगरी चुरेभावर लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माले समाजवादी), देशभक्त समाज पार्टी र दलित जनजाति पार्टीले समयमै अध्यावधिक गराएको जिल्ला निर्वाचन कार्यालय रामेछापका लेखापाल सुमन पन्थीले जानकारी दिए ।

अब निर्वाचन आयोगले निर्देशनमा हेरफेर नगरे माघ १७ गते भित्र अध्यावधिक गराएका यी १७ राजनैतिक पार्टीहरुले मात्रै स्थानिय निकायको निर्वाचनमा भाग लिन पाउने निर्वाचन कार्यालयले जनाएको छ ।