काठमाडौं, १९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तह पूनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनबारे संविधानविदहरूसँग परामर्श गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको छलफलमा सत्तारुढ दलका प्रमुख नेताहरूको उपस्थिति रहेको प्रधानमन्त्री दाहालको निजी सचिवालयले जनाएको छ ।
संविधान संशोधन, स्थानीय निर्वाचन र स्थानीय तह पुनर्संरचनाको प्रतिवदेनमा विवाद भइरहेका बेला प्रधानमन्त्री दाहालले संविधानविदहरूलाई बोलाएर परामर्श गरेका हुन् ।
परामर्शमा प्रधानमन्त्रीले स्थानीय तह पुनर्संरचना आयोगले बुझाएको प्रतिवेदनलाई सर्वस्वीकार्य बनाउने विधि र कानूनी व्यवस्थाबारे संविधानविदहरूसँग राय सुझाव मागेका थिए ।
त्यस क्रममा संविधानविदहरूले सरकारले तोकेको मापदण्ड र कार्यदेशअनुसार सुझाव मात्रै पेश गर्ने अधिकार आयोगको भएकाले सरकारले आवश्यकताअनुसार प्रतिवेदन परिमार्जन गर्नसक्ने सुझाव दिएको प्रधानमन्त्रीको निजी सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।













प्रतिक्रिया