१९ कार्तिक २०८३, बिहिबार

अज्ञात शिशुको शव फेला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, १९ माघ । कोल्टीमा बेवारिसे अवस्थामा एक शिशुको शव फेला परेको छ ।

कोल्टी– १ थिपिचौरस्थित माझ कुलोको नहरमा शव भेटिएको प्रहरीले बताएको छ ।

शव मंगलबार बिहान नुहाउन गएका स्थानीयले देखेपछि प्रहरीको रोहबरमा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो ।

कोल्टी विमानस्थल सुरक्षा गार्डका प्रहरी निरीक्षक डम्बरबहादुर थापाले कसैले अवैध यौन सम्बन्धपछि जन्मिएको शिशु मारेर फालेको हुनसक्ने बताउँदै अनुसन्धान भइरहेको बताउनुभयो ।

शव प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा ल्याएर शव परीक्षणका लागि राखिएको बताइएको छ । शवको पहिचान हुन सकेको छैन । सोमबार साँझ फालिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

कोल्टी बजारकै व्यक्तिले अवैधरुपमा जन्माएको बच्चा भएकाले मारेर फालेको आशङ्का गरिएको प्रहरीले बताएको छ । रासस