१ कार्तिक २०८३, आइतबार

कांग्रेस सभापति र माओवादी केन्द्रका अध्यक्षसहित थुप्रै नेता एमालेमा प्रवेश

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कालु बोहरा

अछाम, १८ माघ । अछाम जिल्लामा कांग्रेस र माओवादी केन्द्रका जिल्लाका ठूला नेताहरूसहितका थुप्रै नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । उनीहरूलाई आइतबार अछाममा भएको विशेष कार्यक्रममा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको सदस्यता दिएर भित्र्याएका हुन् ।

कांग्रेसको बुढाकोट गाउँ कार्य समितिका सभापति अर्जुन कुँवर, उपसभापति मन्नाजे हुड्केसहित सिङ्गो गाउँकार्य समिति एमालेमा प्रवेश गरेको हो ।

माओवादी केन्द्रको लुंग्रा गाउँ कमिटीका अध्यक्ष भूमिनन्द पाण्डेलगायत दुई दर्जनभन्दा बण्ी नेता तथा कार्यकर्ताहरू पनि एमालेमा प्रवेश गरेका छन् ।

एमालेको राष्ट्रियताको नाराका कारण आफूहरू कांग्रेस र माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेको उनीहरूले बताएका छन् ।