सिरहा, १८ माघ । नेपाल प्रेस सोसाइटी प्रदेश नम्बर २ को प्रदेश भेलाबाट बरिष्ट पत्रकार रामानन्द गुप्ताको संयोजकत्वमा ५१ सदस्य प्रदेश कमिटी सर्वसम्मतले गठन भएको छ ।
प्रदेश कमिटीको सह–संयोजक तीन जना नविन नरसिंह (सप्तरी), घनश्याम मिश्र (जनकपुर) र मनोज मिमिल्सेना (रौतहट) चयन भएको छ ।
यस्तै सचिवमा सन्तोष यादब (सिरहा), सह–सचिवमा रामविनय साह –बारा) चयन भए भने कोषाध्यक्षद्धयमा शम्भु कुमार सुमन (पर्सा) र वैभव चौधरी (महोत्तरी) चयन भयो ।
यस्तै सदस्यहरुमा राजन कुमार पटेल, राजेश विद्रोही, बासुदेव साह, रोषण कुमार ठाकुर, संजय कुमार साह, धमेन्द्र पासवान, जयनारायण यादब लगायतका छन् ।
सिरहाको लहानमा सोमबार भएको प्रेस सोसाइटी प्रदेश भेलाको उद्घाटन नयाँ शक्ति पार्टी नेपालका नेता तथा पूर्वमन्त्री महेन्द्र पासवान, प्रदेश नम्बर २ का संगठन विभाग प्रमुख डा. सुरेन्द्र यादब र प्रेस सोसाइटीका केन्द्रिय अध्यक्ष रुद्रप्रसाद भट्टले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।












प्रतिक्रिया