– कृष्ण ओझा
पाँचथर, १७ माघ । पाँचथर ओयाम निवासि ४ कि सोना योङया क्यान्सर पीडित उपचारर्थ प्रवासी नेपालीबाट डेढ लाख बढी सहयोग जुटेको छ ।
आर्थिक अभावले उपचारमा समस्या भएकी रक्त क्यान्सर पीडित सोना योङयाको उपचारका लागि मलेसियामा मजदुरी गर्दै आएका पाँचथरको ओयाम गाविसका युवाहरुले आर्थिक सहयोग गरेका छन् ।
रोजगारीको क्रममा मलेसियामा रहेका ३६ जना ओयाम गाविसका युवाहरुले १ लाख ५१ हजार ८ सय ५३ रुपैयाँ सहयोग गरेका हुन् । सो रकम रक्त क्यान्सर पीडित योङयाको काका महेन्द्र योङयालाई समथिङ फाउण्डेसन नेपाल पाँचथरले आज हस्तान्तरण गरेको हो ।
फाउण्डेसनलाई युवाहरुले सहयोग रकम वितरण गर्न भनेको थियो । सहयोग प्राप्तपछि क्यान्सर पीडित योङयाकी काका महेन्द्रले सहयोगदाताहरुलाई धन्यवाद ज्ञापन दिएका छन ।
उनले चितवनको भरतपुर क्यान्सर अस्पतालमा विरामीको उपचार भइरहेको र अहिले स्थिती सामान्य रहेको समेत जानकारी दिए ।













प्रतिक्रिया