काठमाडौं, १७ माघ । अन्टारटिकाको सर्वाेच्च शिखर आरोहण तथा अन्टारटिकाकै अर्को चर्चित पर्बत माउन्ट रजम्यान आरोहण गरेका बिश्व पर्वतारोही संजय पण्डितलाई सोमबार कोशी ग्रुपले २ लाख १० हजारसहित सम्मान गरेको छ ।
ग्रुपका अध्यक्ष तथा पूर्व प्रहरी नायब उपरिक्षक गोबिन्द थपलियाले उक्त रकम बराबर चेक तथा सम्मान पत्र खादा लगाएर सम्मान गर्नु भएको थियो । संजयले सगरमाथा मनास्लु सहित बिस्वका १० बिश्व शिखरको सफलतापुर्बक आरोहण गरेका छन् ।
पण्डितले अफ्रीकाको सिखर किलिमन्जारो र अस्ट्रेलियाको सिखर कोजीयसको उल्टो हिडेर आरोहण गरेका थिए । पण्डित उल्टो हिडेर हिमाल आरोहण गर्ने नेपालका पहिलो बिस्व पर्वतारोही हुन् ।
काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष थपलियाले नेपाललाई आरोहणको माध्यमबाट अन्तरास्ट्रिय क्षत्रमा चिनाउन अहम भूमिका खेलेको हुनाले उनको साहसलाई उच्च मुल्याकन गर्दै कोशी ग्रुपले सम्मान गरेको बताउनुभयो ।













प्रतिक्रिया