१९ कार्तिक २०८३, बिहिबार

आफैले बनाएको विधी विधान नमान्दा मुलुक समस्यामाः पत्रकार मिश्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, १८ माघ । वरिष्ठ पत्रकार रविन्द्र मिश्रले नेपालीहरुले आफैले बनाएको विधी विधान नमान्दा समस्या परिरहेको बताएका छन् ।

जेसीआई सिद्धार्थ नेपालको ४२ औं पदस्थापन समारोहलाई भैरहवामा सम्बोधन गर्दै विविसी नेपाली सेवाका प्रमुख समेत रहेका पत्रकार मिश्रले भने ‘हामीले अरु केही नगरौं आफैले बनाएको विधी र विधानलाई अक्षरशः पालना गरौ । यति गरे मात्रै पनि देश सुदृढ हुनेछ ।‘

आफ्नो सम्बोधनको अधिकांश समय विधी र विधानको कुरामा खर्चेका पत्रकार मिश्रले सामाजिक क्षेत्रका संघसंस्थाले मान्छे मान्छेहरुबीचमा विभेद गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । उनले कुनैपनि कार्यक्रममा आउने महानुभावहरु सबै उत्तिकै महत्वपुर्ण हुने जनाउदैं मन्तब्य शुरु गर्दै भने ‘यताका (मन्च तिर देखाउदै) महानुभाव र उताका( दर्शक दिघा देखाउदै) महानुभावलाई मेरो नमस्कार । तपाईहरु सबै मेरो लागी बराबर हो । कार्यक्रममा आयोजकले कसैलाई प्रमुख अतिथी, कसैलाई विशिष्ट अतिथी त कसैलाई नामै नल्याईकन अतिथी गराउने जस्तो विभेद छाड्नु पर्दछ । ‘

पत्रकार मिश्रले सामाजिक संघसंस्थाका कार्यक्रममा माला, खादा, मायाको चिनो तथा ब्याज जस्ता कुरामा गरिने खर्चका औचित्य नभएको जनाउदैं त्यस्ता खर्च विपन्न र निम्न वर्गको शिक्षा र स्वास्थ्यमा खर्चिन सुझाव समेत दिए ।

सोही अवसरमा पत्रकार मिश्रले विभिन्न सन्दर्भलाई जोड्दै औपचारिक कार्यक्रम अत्न्तयै संक्षिप्त गराइनुपर्ने, प्रमुख अतिथी, विशिष्ट अतिथी जस्ता शब्दावली हटाईनु पर्ने, खादा, माला, मायाको चिनो, ब्याज रोकिनु पर्नेमा जोड दिए । उनले विधि नमान्दा मुलुक थिलो थिलो भएको जनाउदैं अबको युवा पुस्ताले पनि विधी मान्न छाड्यो भने यो देशमा केही वर्ष पछि कोही पनि सृजनशिल युवा भेटाउन ग्राहो हुने बताए ।

मिश्रले जेसीज, लायन्स, रोटरी जस्ता ठूलो नेटवर्क भएका संस्थाले विधी विधानलाई अक्षरशः पालना गर्दै सुधारात्मक बाटो अनावश्यक खर्चलाई कटौति गरी परोपकारी कार्यमा खर्च गरेमा मात्रै पनि मुलुकमा राम्रो अभ्यासको थालनी हुने जनाए । मिश्रले बेइमानी र फटाहा तरिकाले आर्जेको अरबौं धन भन्दा इमानको सुक्का रोटी महत्वपुर्ण हुने पनि जनाए ।

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारीले जेसीजमा आवद्ध १८ देखी ४० वर्ष उमेर समुहका युवाहरुले नै अब देश हाक्नेबेला आएको जनाए । जेसीआइ सिद्धार्थका पुर्व अध्यक्ष ओमकुमार श्रेष्ठले जेसीजले शासन व्यक्तिको नभएर विधीको हुनुपर्दछ भन्ने मान्यतालाई आत्मसाथ गरेकोले सोही अनुसार प्रशिक्षीत गर्दै मुलुकको नेतृत्व जेसीजबाट प्रशिक्षीत युवा पुस्तामा राजनितीक दलले हस्तान्तरण गरेमा मुलुकमा विधीको शासन कायम हुने विश्वास व्यक्त गरे ।

यसैबीच जेसीआई सिद्धार्थ नेपालको वर्ष २०१७ कोलागी सुमन शर्मालाई सो अवसरमा पदस्थापीत गरिएको थियो । शर्मालाई वर्ष २०१६ का अध्यक्ष लेखनाथ भट्टाराईले चेन हस्तान्तरण गरेका थिए ।

भैरहवाको महेन्द्रसभागृहको भब्य समारोहकाबीच भएको उक्त पदस्थापन समारोहमा निर्वाचन आयुक्त निधान चन्द्र श्रेष्ठले वर्ष वर्ष २०१७ का अध्यक्ष शर्माको निर्वाचित बोर्ड पदाधिकारीको घोषणा गरेका थिए ।

जसको निर्वतमान अध्यक्षमा लेखनाथ भट्टाराई, कानुनी सल्लाहकारमा संगम न्यौपाने, कार्यकारी उपाध्यक्षमा विकास श्रेष्ठ र कमल जिसी, महासचिवमा राकेश गुरुंग, कोषाध्यक्षमा पंकज उदास, उपाध्यक्षहरुमा कुशल कुमार उपाध्यय, विकास नारायण श्रेष्ठ, दिपक काफ्ले, अनित कुमार गुप्ता, निर्देशकहरुमा रिषीराम काफ्ले, लोकमनी भट्टाराई, हरिलाल जैसवाल र जिवन पौडेल निर्वाचित भएका छन् ।

यसैगरी बोर्डको अन्य पदाधिकारीहरुमा कमल भण्डारी तालिम संयोजक, सागर पोखरल थिम निर्देशक, भुवन राना शाखा सम्पादक, अशोक क्षेत्री सदस्य वृद्धि संयोजक, मंगल भण्डारी कोष वृद्धि संयोजक, हरिश सेठिया कार्यक्रम सयोजक, विनय कसौधन एरिया ए संयोजक, मंगल भण्डारी एरिया वि संयोजक, दिपक सापकोटा एरिया सि संयोजक, गोपाल ज्ञवाली एरिया डि संयोजक, गौरब कोइराला सचिव, कमल महर्जन एनविएन कोर्डिनेटर, प्रदीप कुमार पौडेल सहकोषाध्यक्ष, रवि पारिख सह सम्पादक, शार्दुल मयुर कसौधन जनसम्पर्क अधिकारी, असिम सैजु आइटी चेयर मैन, गोपाल भण्डारी नोमलोम कोअर्डिनेटर, राजेश प्रताप बस्नेत सोसल मोबीलाइजर र नरेश के.सी मिडीया कोडिनेटरमा चयन भएका छन् ।

यसैगरी सल्लाहकारमा सन्जिव शर्मा रेग्मी, दिपेन्द्रमान श्रेष्ठ, सुशिल गुरुंग, देबराज न्यौपाने, निरजनारायण श्रेष्ठ, पवन पौडेल र साजनजंग राणा चयन भएका छन् ।

सोही अवसरमा जेसीआई सिद्धार्थले संस्थापक अर्वाडबाट विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मानित गरेको छ । सिद्धार्थ जेसीजको यसवर्षको पुरस्कार अर्वाड पत्रकार दिपक घिमिरेलाई प्रदान गरिएको छ। उनी लुम्बिनी पोस्टका सम्पादक तथा रासस भैरवहवाका सम्वाददाता हुन् । यसैगरी खेलकुद अर्वाड क्रिकेट प्रशिक्षक जंगबहादुर थापालाई प्रदान गरिएको छ भने सामाजिक क्षेत्रको अर्वाड दिपेन्द्रमान श्रेष्ठलाई प्रदान गरिएको थियो ।

सो अवसरमा नेपाल जेसीजका कार्यकारी उपाध्यक्ष विनोद सुवेदी, ४२ महाधिवेसनबाट निर्वाचित राष्ट्रिय अध्यक्ष जगतबहादुर पोखरेल, नेपाल जेसीजका कार्यकारी अधिकृत प्रदीप के.सी.लगायतको आतिथ्यता रहेको थियो ।