१ कार्तिक २०८३, आइतबार

पूर्व युवराज्ञी हिमानीले छोरी पूर्णिकालाई दिलाइन नागरिकता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ माघ । पूर्व युवराज्ञी हिमानी शाहले आफ्नी जेठी छोरी पूर्णिका शाहलाई नागरिकता दिलाइ दिएकी छिन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार छोरी पूर्णिकालाई लिएर आफै पुगेकी हिमानीले १६ वर्ष पुगेकी छोरीलाई नागरिकता दिलाइ दिएकी हुन् । जिल्ला प्रशासन कार्यालयका अनुसार हिमानीले छोरीको नागरिकताका लागि सामान्य नागरिकले सरह निवेदन दिएकी थिइन् ।

नेपालीको कानून व्यवस्थाअनुसार १६ वर्ष पुग्ने नागरिकले चाहेमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाउँछ ।