मकवानपुर, १७ माघ । प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले आज विभिन्न ठाउँका पेतना हेडक्वाटर र गणहरुको निरीक्षण भ्रमण गर्नुभएको छ ।
उहाँले मकवानपुरको सुपारेटारस्थित मध्य पृतना हेडक्वाटर अन्तर्गतका युनिट, बाराको अम्लेखगञ्जस्थित प्रतिविद्रोहता जङ्गल वारफेयर शिक्षालय सोही जिल्लाकै तारादल गणको स्थलगत बस्तुस्थिति विवरण बुझ्नुभएको छ ।
उहाँले तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिनुभएको छ । निरीक्षणकै क्रममा उहाँले गणका सकलदर्जालाई सम्बोधन समेत गर्नुभएको थियो । यसअघि, उहाँले मध्य पृतना हेडक्वाटर हाता भित्र नवनिर्मित पृतनापति निवासको समुद्घाटन गर्नुभएको थियो ।
त्यसैगरी, पर्साको बिरगञ्जस्थित बरख गणको वार्षिकोत्सव कार्यक्रममा पनि सरिक हुनुभएको थियो । प्रधानसेनापति क्षत्रीले भोली (मंगलबार) सप्तरीको राजविराजस्थित कृष्णदल गण तथा रामेछाप जिल्लाको नन्दाबक्स गणको निरीक्षण भ्रमण गर्ने कार्यक्रम छ ।













प्रतिक्रिया