१९ कार्तिक २०८३, बिहिबार

बुढानिलकण्ठमा कुलमान घिसिङ सम्मानित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ माघ । गतबर्ष झैँ यसपटक पनि राजधानीको तौलुङबासीहरुले ल्होछार मनाएका छन् । बुढानिलकण्ठ नगरपालिकावडा १ तौलुङमा गत शनिबार एक बिशेष समारोहबीच ज्या ल्होछार मनाएका हुन् ।

तौलुङ सांस्कृतिक उपभोक्ता समितिको सुरेन्द्र लामाको अध्यक्षता र राजु लामाको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा एक बिशेष सम्मान पनि गरिएको थियो । प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले उज्यालो अभियानका नायक नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई सम्मान गरेका थिए ।

समितिका सल्लाहकार बिना थिङले स्वागत गरिएको उक्त कार्यक्रममा अतिथिहरु नेका महासमिति सदस्य लाक्पा लामा, नेकपा एमाले प्रदेश ३ समिति सदस्य उद्धव खरेल, एमालेकै जिल्ला सदस्य विदुरबिक्रम खडका, नेका काठमाडौं क्षेत्र ४ का सभापति राजु श्रेष्ठ,नागरिक मञ्च वडा १ का संयोजक निर्मला खड्का, तामाङ कमर्चारी सञ्जालका सचिव दामोदर लामा, झ्याङतर गुम्बा समितिको सचिव बिजेन्द्र लामा, बुढानिलकण्ठ सनातन धर्म सेवा समाजका अध्यक्ष बिकास लामा, तामाङ डाजाङ साहित्यिक पत्रिकाको अर्जुनबहादुर तामाङ, प्रमुख अतिथि तामाङ, सम्मानित घिसिङले ल्होछारको शुभकामना व्यक्त गरेका थिए ।

सञ्चारकर्मी लक्ष्मी रुम्बाद्वारा सञ्चालित उक्त कार्यक्रममा कलाकारहरु सगुन तामाङ, रेश्मा बमजन, सुर्य तामाङ, छिरिङ लामा, मुना लामा, बुद्धिमान तामाङ, राजेश लामा, होमबहादुर लामा, सुरेश तामाङ, अनिल लामा र श्रीयम थिङ लगायतलाई आ आफ्नो प्रस्तुति गरेर साँस्कृतिक मनोरञ्जन दिएका थिए ।