१ कार्तिक २०८३, आइतबार

७ वटै प्रदेशमा एमालेको सम्पर्क कमिटी गठन, कहाँ को भए संयोजक ? (सूचीसहित)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ माघ । नेकपा एमालेले ७ वटै प्रदेशमा प्रादेशिक सम्पर्क कमिटी गठन गरेको छ ।

नयाँ संविधानअनुसार ७ प्रदेशको प्रादेशिक संरचनामा सबै पार्टी कमिटीहरुलाई पुनर्गठन गर्ने क्रममा १४ वटा अञ्चल सम्पर्क कमिटीहरु विघटन गर्दै प्रादेशिक सम्पर्क कमिटी गठन गरेको केन्द्रीय सम्पर्क विभागका इन्चार्ज छबिलाल विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार उपत्यकाका तीन जिल्लाबाहेक ७२ जिल्ला सम्पर्क मञ्च समेटेर ७ वटा प्रादेशिक सम्पर्क कमिटी गठन गरिएको हो ।

एमाले केन्द्रीय कार्यालयमा बसेको विभागको बैठकले प्रदेश नम्बर ४ बाहेक अन्य ६ ओटा प्रदेशक सम्पर्क कमिटीलाई पूर्णता दिएको हो । प्रदेश नम्बर ४ को हकमा केही दिनमा संयोजक र सहसंयोजक चयन हुने एमालेले जनाएको छ ।

प्रदेश नम्बर १

इन्द्र भण्डारी– संयोजक
नन्दकुमार राई– सहसंयोजक

प्रदेश नम्बर २

बिल्टु यादव– संयोजक
दिवाकर राज भट्टराई– सहसंयोजक

प्रदेश नम्बर ३

श्यामकुमार बस्नेत– संयोजक
अशोककुमार ठकुरी– सहसंयोजक

प्रदेश नम्बर ४

पछि चयन गरिने

प्रदेश नम्बर ५

थानेश्वर बस्याल– संयोजक
भोजविक्रम बुढामगर– सहसंयोजक

प्रदेश नम्बर ६

तुलाराज सिम्खडा– संयोजक

प्रदेश नम्बर ७

शिव ठकुल्ला– संयोजक
प्रेमराज भट्ट– सहसंयोजक