– सन्तोष यादब
सिरहा, १६ माघ । समुदाय विकासका लागि सहकार्य नेपाल ललितपुरद्धारा सिरहाको लहानमा आज हरुवा चरुवाहरुलाई सुरक्षित आप्रवासन एवम् सुरक्षित वैदेशिक रोजगारबारे पूर्नताजगी तालिम दिएको छ ।
कार्यक्रममा सहकार्य नेपालका कार्यक्रम संयोजक एम घिमिरेले शिप सिकेर मात्र बैदेशिक रोजगारमा जानुपर्ने सुझाव दिनुभयो । उहाँले शिप सिकेर नजाँदा ठगिने र जोखिम मुलक काम गर्नुपर्ने भएको हुँदा जुनसुकै शिप भएपनि सिकेर मात्र बैदेशिक रोजगारीमा जानुपर्ने बताउनुभयो ।
मधेसका अधिकांश हरुवा चरुवा परिवारका सदस्य वैदेशिक रोजगारीमा ठगिने र शिप सिकेर नजाँदा जोखिम मुलक काम गर्न बाध्य हुने गरेको संयोजक घिमिरेले बताउनुभयो । वैदेशिक रोजगारीमा विशेष ठगिने वर्गका लागि सरकारले चासो नदेखाएको बताउँदै दलित तथा हरुवा चरुवा बस्तीमा सचेतना मूलक अभियान नै चलाउन सरकारसँग माग गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै हरुवा चरुवा अधिकार मञ्च सिरहाका अध्यक्ष रासलाल यादबले अहिले गाउँ गाउँमा वैदेशिक रोजगारीमा पठाउने ठहरु सक्रिय भएको बताउनुभयो । उहाँले वैदेशिक रोजगारीमा पठाउने नाममा ठगि धन्दा चलाउनेहरुलाई प्रहरीले पनि कारबाही नगर्ने गरेको गुनासो गर्नुभयो ।
ग्लोबल फण्डको सहयोगमा सहकार्य नेपाल ललितपुरले सिरहा, सप्तरी र धनुषाका हरुवा चरुवा बस्तीमा वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई परामर्श तथा सचेतना मूलक कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रमको समयावधी एक बर्ष सकेपछि हरुवा चरुवाहरुलाई आज पुर्नताजगी तालिम दिएका छन् ।













प्रतिक्रिया