
अछाम, १६ माघ । अछाममा ‘न्याय हेल्थ नेपाल’ले मातृशिशुको स्वास्थ्यमा सुधार ल्याई शिशु मृत्युदर शून्यमा पु¥याउन र स्वास्थ्य संस्थामा हुने गर्भवतिको दर बढाउन सामुदायिक स्वास्थ्य कार्यक्रमको अवधारणा ल्याएको छ ।
सामुदायिक स्वास्थ्य कार्यक्रम अन्र्तगत हाल संस्थाले सामुहिक गर्भस्याहार, सामुहिक बाल स्याहार, दिर्घरोगी घरभेट कार्यक्रम, निरन्तर अनुगमन प्रणाली, गर्भवति र सुत्केरीलाई घरभेट कार्यक्रम छन् । त्यस्तै, मातृ स्वास्थ्यसंगै अस्पतालमा भएका जटिल प्रकारका अप्रेशन गरिएका बिरामीहरुलाई पनि प्रभावकारी सेवा दिने काम भइहेकोे कार्यक्रमका उप–निर्देशक लालबहादुर कुवँरले जानकरी दिऐ ।
सामुदायिक स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन संचालन गरिएका कार्यक्रम अन्र्तगत सामुदायिक गर्भस्याहारमा भिडयो एक्स–रे र प्रयोगशाला मार्फत समयमै उच्च जोखिममा रहेका गर्भवति महिला पत्ता लगाई बयालपाटा अस्पतालमा सुत्केरी गराइने छ ।
त्यस्तै, एक बर्षमुनिका शिसुहरुको मृत्युदरमा कमी ल्याउन शिशुलाई लाग्न सक्ने रोग र मृत्यु हुने कारणको पहिचान गरि स्वास्थ्य संस्थामा पठाउने काम कार्यक्रमले गरिरहेको छ ।
सामुदायिक कार्यक्रमलाई मोबाईल पद्धतिबाट संचालन गर्नुका साथै अस्पताल र समुदायको सेवा एकीकृत गर्ने न्याय हेल्थ नेपाल देशमै पहिलो भएको उप–निर्देशक कुवँरले उल्लेख गरे ।












प्रतिक्रिया