काठमाडौँ, १६ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख दललाई अनौठो सुझाव दिएका छन् ।
आइतबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेसवादी दललाई राष्ट्रियताका सवालमा एमाले जस्तो नीति ल्याउन आग्रह गरेका हुन् ।
उनले भने– ‘देशको स्वाभिमान कसैका विरुद्ध पनि लाग्दैन् । यो जनता र देशको पक्षमा रहेको छ । यसमा कांग्रेस, माओवादी र मधेसवादी दलले एमालेको जस्तै नीति लिनुपर्छ । राष्ट्रियताको सवालमा सबै दल एक ठाउँमा आउनुपर्छ ।’
‘हामी दुःख व्यहोर्न तयार छौं, तर हेपिन र स्वाभिमान गिराउन तयार छैनौँ’
अध्यक्ष केपी शर्मा ओलीले जस्तोसुकै परिस्थिति आएपनि देशलाई टुक्रिन र कमजोर पनि हुन नदिने बताए ।
‘हामी दुःख व्यहोर्न तयार छौं। तर हेपिन र स्वाभिमान गिराउन तयार छैनौँ,’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले माइतीघर मण्डलामा नेपालको अहिले सम्मकै ठूलो राष्ट्रिय झण्डा फहराउँदै भने– ‘सबै राष्ट्रप्रेमी एक ठाउँमा उभिएर स्वाभिमानको रक्षा गछौँ ।’
‘निर्वाचन जसरी पनि हुन्छ’
उनले निर्वाचन नगर्ने प्रयास भइरहेको भन्दै जसरी पनि निर्वाचन गराएर छाड्ने बताए । ‘निर्वाचन नगर्ने प्रयास भइरहेको छ’ उनले भने, ‘तर निर्वाचन गर्नका लागि आवश्यक दबाब दिने शक्ति हामीसँग छ । निर्वाचन गराएर छाड्छौँ ।’















प्रतिक्रिया