रामेछाप, १६ माघ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई गृह जिल्ला रामेछापमा भव्य रुपमा नागरिक अभिनन्दन गरिएको छ । रामेछाप जिल्लाको बेथान गाविस डहुमा जन्मिएका घिसिङले लोडसेटिङ घटाउने अभियानमा सफलतापूर्वक लागेको भन्दै उनलाई नागरिक अभिनन्दन गरेको हो ।
गृह जिल्ला रामेछापमा आइतबार डहु मावि डहुले आयोजना गरेको कार्यक्रममा घिसिङलाई नागरिकहरुले अभिन्दन भएका हुन् । नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका प्रमुख घिसिङले आफू गृह जिल्लालाई मात्रै नभई देशलाई उज्यालो पार्ने अभियानमा लागको बताए । ‘देशकै लागि काम गर्दा जिल्ला स्वतः त्यसभित्र परिहाल्छ’ उनले भने ।
उनले रामेछापका बिजुली बल्न बाँकी रहेका सबै गाविसहरुमा पनि विद्युतीकरण हुने र त्यसका लागि बजेट विनियोजन समति भइसकेको जानकारी दिए ।
कहिलेकाही प्राविधिक कमजोरी हुन केही मिनेट जाने लाइनलाई लोडसेडिङ भन्न नमिल्ने उनले बताए । देशलाई उज्यालो बनाउने क्रममा उनले विभिन्न ठाउँमा विद्युत आयोजाहरु निर्माण भइरहेको जानकारी समेत दिए ।
सो क्रममा डहु मावि पूर्व विद्यार्थी समेत रहेका घिसिङले विद्यालयमा जडान भएको इन्टरनेट र सिसी क्यामेराको समेत उद्घाटन गरेका थिए ।
















प्रतिक्रिया