१९ कार्तिक २०८३, बिहिबार

संशोधन पारित भए पनि, नभए पनि आन्दोलन रोकिँदैन : उपेन्द्र यादव

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संशोधन प्रस्ताव पारित भए पनि वा नभए पनि आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।

संशोधन विधेयकले मधेशी, आदिवासी जनजाति, थारु, दलित लगायत उत्पीडित समुदायको माग नसमेटेकोले परिमार्जन बिना संशोधन पारित हुनु वा नहुनुको कुनै औचित्य नभएको यादवले टिप्पणी गरे ।

आइतबार राजधानीमा ‘ब्ल्याक आउट’नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै यादवले विकृत संविधानलाई ब्यर्थमा सामान्य टालटुल गरेर उत्पीडित समुदायको मागलाई उपेक्षा नगर्न सरकारलाई सुझाव दिए ।

‘हामीले संशोधनको कुरा उठाए पनि अन्तिम विकल्प संविधान पुनर्लेखन नै हो’, यादवले भने, ‘संविधानमा यतिधेरै त्रुटि, कमिकमजोरी छ, कि त्यसलाई जतिनै सामान्य संशोधनले पार लाग्दैन ।’

मधेशको मूल समस्या आन्तरिक उपनिवेश हो

आफ्नै देशका नागरिकमाथि भइरहेको उपेक्षा र घृणालाई समाप्त गर्न अधिकार सम्पन्न सर्वस्वीकार संविधान बन्नु पर्नेमा जोड दिँदै यादवले राज्यसत्तामा चरम नश्लीय सोँच हावी भएको आरोप लगाएका छन् । मधेशको मूल समस्या नै आन्तरिक उपनिवेश भएको जिकिर गर्दै यादवले उपनिवेशको अन्त्यनै सबै समस्याको निकास भएको बताए ।

‘गोर्खा साम्राज्यको बिस्तारमा उपनिवेश बनाइएका केही भागहरु र इष्ट इन्डिया कम्पनीले राणा शासकहरुलाई दिएको भागहरु छन् । मधेश त्यहीँ भूभाग हो’– यादवले भने,– ‘शासक वर्गले मधेशलाई अहिले पनि एउटा उपनिवेश कै रुपमा राखेका छन् । जसलाई हामीले आन्तरिक उपनिवेश भन्ने गरेका छौं । मूल समस्याको जड भनेकै आन्तरिक उपनिवेश हो ।’