काठमाडौं, १६ माघ । वामपन्थी नेता मोहनबिक्रम सिंहलाई ज्वरो आउने र पेटसम्बन्धी समस्या भएपछि अस्पताल भर्ना गरिएको छ ।
नेकपा मसालका महामन्त्रीसमेत रहेका सिंहलाई उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ । ‘ज्वरो आउने र पेटसम्बन्धी समस्या देखिएपछि मोहनबिक्रम सिंहज्यूलाई तीनदिनदेखि अस्पतालमा उपचार गराइरहेका छौँ’, एक आफन्तले भने ।
यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । आइतबार बिहान अस्पताल पुगेका प्रधानमन्त्री दाहालले सिंहको स्वास्थ्यका विषयमा जानकारी लिएका हुन् ।
माओवादीका कटुआलोचकमा मानिने ८२ वर्षीय सिंहलाई स्वास्थ्यमा क्रमिक सुधार आएको चिकित्सकहरूले बताएका छन् ।












प्रतिक्रिया