न्यूजिल्याण्ड । नेपाल सरकारका परराष्ट्रमन्त्री डा प्रकाश शरण महतले न्यूजिल्यान्डको भ्रमण गरेर इतिहासमा नाम लेखाउनु भो भनेर धेरै नेपालीहरु खुशी भए कामै छोडेर भए पनि भेट्न गए आफ्ना गुनासा राखे ।
कार्यक्रममा कतिले त गुगलमा नभेटिएका नेपालका उच्च अधिकारी आफ्नै अगाडि भेट्ने मौका पाउँदा नेपाली जनसम्पर्क समितिका सभापति बुद्धि सागर घिमिरेलाई धन्यबाद पनि भने । नेपाल–न्यूजिल्यान्डबीचको सम्बन्ध पुरानो भए पनि ममन्त्रीस्तरको भ्रमण नभएको र गराउन नसकेकोमा अस्ट्रेलियास्थित नियोगलाई गाली गर्न समेतपछि परेनन् पुराना पुस्ताका गैर आबशीय नेपाली बा आमाहरू ।
न्यूजिल्यान्डको ठूलो शहर अक्लैंडमा नेपालीहरुको भेलामा डा.महतले बोलेका कुरा संसारभरिका दर्शकले लाइभ पनि हेरे अनि प्रतिक्रिया पनि राम्रै दिए । कसैले लगानीका कुरा गरे कसैले प्रबिधि भित्राउने कुरा गरे कसैले छात्रबृत्तीका कुरा गरे कसैले पर्यटन भित्राउने कुरा गरे तर अधिकांशले राजदूताबास खोल्ने कुरा गरे र कहिले सम्ममा दुताबास खुल्छ भनेर मिति पनि मागे । मन्त्रीज्यू बडाभाबुक मुद्रामा हुनु हुन्थ्यो र जवाफ दिन अलि बेर लगाउनु पनि भयो, ‘म अरु जस्तो भइहाल्छ भन्ने खालको मान्छे होइन । म मन्त्री सधैको लागि बनेको पनि होइन तर त्यसो भन्दैमा नेपालले थेग्न नसक्ने निर्णय लिनु हुन्न भन्ने पक्षको मान्छे हुँ । कुरा धेरै देशबाट उठेको छ । यूरोपका देशहरूमा नेपालीहरुको संख्या बढेको छ स्पेन, पर्तुगल लगाएतका देशबाट दुताबासको लागि आवाज उठेको छ । हामी खर्चले धान्न सक्ने अवस्थामा छैनौ ।’
मन्त्रीज्यूले तेसो भनि रहँदा दर्शकदीर्घामा सन्नाटा छायो । सबै चुपचाप रहे ।
राजधानी शहर विलींगटनमा पनि नेपाली समुदायसंगको भेटमा डा.महतसंग त्यही कुराले प्राथमिकता पायो, ‘धेरै जनाले ऑस्ट्रेलियाको नेपाली दूताबासले न्यूजिल्यान्डका नेपालीहरुको समस्याप्रति सम्बेदनशील नभएको गुनासो गरे । नेपालबाट पासपोर्ट बनेर आए पनि बेलैमा खबर नगरी दिने ।’
पोष्ट गर्न समस्या भएको भनि गैर जिम्वेवारी तरिकाले फोनमा झर्कने सभ्य ब्यवाहर नगर्ने जस्ता गुनासाहरु सुन्न परराष्ट्रमन्त्री डा.महत बाध्य हुनु परेको दृश्यले कतिपय नेपालीहरुले असहजताको समेत महसुस गरे ।
क्राइस्ट चर्चमा अध्यायन गर्न आएका भुवनको गुनासो थियो । मेरो नामको जग्गा बेच्च्नु पर्यो वारिसनामा दिन अस्ट्रेलिया जानुपर्छ पो भन्दै छन् । खर्चको कुरा गर्नु हुन्छ भिषा फी बीस हजार नेपाली लाग्छ प्लेन भाडा तीस हजार नेपाली रुपियाँ लाग्ने भो । सरकारले हाम्रो समस्या कहिले बुझ्ला ? अर्की महिलाले हिमिल्टनबाट गुनासो गरिन मेरो श्रीमानसंग सम्बन्ध बिचछेद गर्नु छ दूताबासमार्फत गर्नुपर्छ रे भन्ने सुने यहा त रहेनछ कहा जानु पर्ने हो कुन्नी !
हर्क तामाङले टिपुकेबाट भने लामो समयदेखि यहा बसोबास गरेकाहरु र आफूलाई अगुवा भन्नेहरु प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन जान्छन भूतपूर्व मन्त्रीको समकालीन भन्दै दूत बन्न लालाहित छन् । मन्त्रीको भ्रमणका बेला बहिस्कारको नाममा उपस्थित समेत हुदैनन् अनि कसरी बुझुन त मन्त्रीले यहाँका समस्या ।
डनेडीनका प्रकाशको कुरोमा पनि कम्तादम नभएको होइन । ‘उनी भन्छन् बाणिज्य दूत बन्ने हतार त सबैलाई होला तर नेपाली समुदायमा घुलमिल भएको सबैसंग उत्तिकै राम्रो सम्बन्ध राख्न सक्ने व्यक्ति सायदै कम मात्र होलान । उनले भने बुद्धिसागर घिमिरे जस्तो अनुभबी र नेपालीहरुको समस्या बुझेको व्यक्तिलाई दिए हुने थियो ।















प्रतिक्रिया