१९ कार्तिक २०८३, बिहिबार

पाँचथर एमालेद्वारा जेष्ठ नागरिकहरुलाई सम्मान

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कृष्ण ओझा

पाँचथर, १५ माघ । नेकपा एमाले पाँचथरले फिदिम नगरपालिका ४ का जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । सनिबार फिदिम नगर कमीटिको आयोजनामा समाजका अगुवा, समाजसेवी र एमाले पूराना कार्यकर्ताहरु लगायत २४ जनालाई सम्मान गरिएको छ ।

सम्मानित हुनेमा ९४ बर्षीय पदम प्रसाद अधिकारी लगायत रहेको जनाइएको छ । अधिकारीलाई घरैमा गएर दोसल्हाह र सम्मान पत्रले सम्मान गरिएको हो ।

एमालेको संबिधान कार्यानन्वयनका लागि जनपरिचालन अभियान अन्र्तगत जिल्ला सचिव तिवेन्द्र चापागाईको उपस्थीतिमा जेष्ठ नगारीकहरुलाई अभिनन्दन गरिएको नगरकमीटिका अध्यक्ष पृथ्वी लावतिले जनाएका छन् ।

त्यस्तै लावतीको प्रमुख आतिथ्यमा नगरपालिका ९ मा पनि प्रशिक्षण दिएको थियो । कार्यक्रमलाई किसान महासघका जिल्लाअध्यक्ष महेन्द्र लुईटेलले बिषेश भूमिका निभाएका थिए । प्रशिक्षण अभियान ११ वटै गनर वडामा गरिने जनाइएको छ ।