१९ कार्तिक २०८३, बिहिबार

बाँकेमा सरकारी सवारीको दुरुपयोग, नगरविकास समितिका अध्यक्षको मनपरी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आकाश देवकोटा

बाँके, १४ माघ । वाटरपार्क नगरविकास समितिका अध्यक्ष प्रलाद लखेरले समितिको सरकारी मोटरसाइकल दुरुपयोग गरेको भेटिएको छ ।

२०६७ कात्तिक १७ गते भेरी अञ्चल यातायात कार्यालयमा नगर विकास समितिको नाममा दर्ता भएको होण्डा हन्क कालो रंगको मोटर साइकल समितिका अध्यक्ष लखेरलाई कार्यालय आउन जान सहजताको लागि दिइएको समितिका प्रमुख बताउँछन् ।

चेसिस नं. ME4KC09CHA8040407 र इन्जिन नं. KCO9E6O41901 रहेको उक्त कालो रंगको होण्डा मोटरसाइकल समितिका अध्यक्ष लखेर घरबारी टोल स्थित पसलको कामकाजको लागि प्रयोगमा ल्याउने गरेको तथा सामान ओसारपोसार गर्नको लागि दैनिकी रुपैडिहा जाने गरेको प्रहरी स्रोतले जनाएको छ । मोटरसाइकल दुरुपयोगको विषयमा समितिका अध्यक्ष लखेर भन्नुहुन्छ– ‘घरायसी कामको लागि प्रयोग ल्याउने गरिन्छ तथा सामान किनमेल तथा औषधी खरिद गर्नको लागि महिनामा एकआध पटक रुपैडिहा जान्छु ।’

समितिका अध्यक्ष लखेरले प्रयोगमा ल्याएको मोटरसाइकलको लागि चाहिने पेट्रोल महिनामा १०–१५ लिटरको कुपनको सुविधा समेत लिनु भएको छ । समितिका अध्यक्ष लखेरले प्रयोगमा ल्याएको उक्त मोटर साइकल विगत ५ वर्षदेखि नविकरण तथा बिमा समेत नभएको समितिका स्टोर इन्चार्जले बताए ।

वाटरपार्क नगर विकास समितिका अध्यक्ष लखेरलाई मोटरसाइकल चलाउन समेत आउँदैन फेरी पनि सरकारी सुविधा वापत मोटर साइकल लिइएको समितिले बताएको छ । सरकारी नीति नियम विपरित समितिका अध्यक्ष लखेर नवीकरण नगरी नेपाली काँग्रेसका र्वाफमा मोटर साइकल चलाउँदा ट्राफिक प्रहरीले अहिलेसम्म एक पटक पनि चेकजाँच गरेको देखिएको छैन ।

स्थानीय प्रशासन कार्यालयले सुरक्षाको मध्यनजर गर्दै कुनै पनि सरकारी सवारी साधन रुपैडिहा लैजान नपाउने गरी रोक लगाएको छ ।

समितिका अध्यक्ष लखेरले पदको दुरुपयोग गरेको विषयमा सभासद्हरु बादशाह कुर्मी, मैकुलाल कुर्मी, अब्दुल अमिद सिद्धीकी, सर्वतारा खालम भन्छन्– ‘सरकारी कार्यालय वा मातहतमा रहेका कार्यालयको नाममा रहेको कुनै पनि सरकारी सवारीसाधनहरु आफ्नो प्रयोगमा ल्याउन पाइदैन । यदि यस्तो भइरहेको छ भने यो १०० प्रतिशत गलत हो । सम्बन्धित निकायहरुबाट छानबिन हुनु जरुरी छ ।’

पूर्व सांसद कृष्णसिंह परियार भन्नुहुन्छ– ‘सरकारी सुविधामा लिएको सवारी साधन आफ्नो प्रयोजनको लागि ल्याउन सरासर गलत हो । यस्तो कार्य भइरहेको छ भने तत्काल बन्द गर्नु पर्छ ।’ यस विषयमा नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइराला भन्नुहुन्छ–‘सरकारी सवारी साधनलाई आफ्नो नीजि स्वार्थको लागि प्रयोगमा ल्याउनु गलत हो । छानबिन जरुरी छ ।’

नेकपा एमाओवादीका आइपी खरेलले ठाडो जवाफ दिँदै भन्नुहुन्छ– ‘समितिको नाममा रहेको गाडी त्यो पनि नेपालगन्जको बासिन्दाले कार्यालय आउन जानको लागि यो सुविधा लिनु नै हुँदैन । सुविधा लिइ नै हाल्यो भने पनि आफ्नो नीजि प्रयोगको लागि प्रयोगको लागि ल्याउनु भनेको सरासर गलत हो ।’ पदको दुरुपयोग गरी सरकारी सवारी साधनको दुरुपयोगको विषयमा स्थानिय प्रशासन र अख्तियार भने अहिलेसम्म मौन नै बसेको देखिएको छ ।